Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

जनसेना हेडक्वाटर शक्तिखोर बन्ने भयो औद्योगिक नगरी

\"\"काठमाडौं, ७ फागुन । तात्कालीन विद्रोही माओवादीको जनमुक्ति सेनाको डिभिजन हेडक्र्वाटर रहेको चितवनको शक्तिखोर अत्याधुनिक औद्योगिक नगरी बन्दैछ । गत मंगलबार मन्त्रीपरिषदको बैठकले औद्योगिक नगरी बनाउने निर्णय गरेसँगै शक्तिखोर औद्योगिक नगरी बन्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले शक्तिखोरलाई औद्योगिक नगरी बनाउने घोषणा गरेको एक हप्ता नहुँदै उनको घोषणा कार्यान्वयनमा आउने भएको हो । माघ २६ गते गृह जिल्ला चितवन पुगेका प्रचण्डले चितवनलाई औद्योगिक नगरी बनाउने घोषणा गरेका थिए । चितवनबाट काठमाडौं फर्केलगत्तै प्रचण्डले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई बोलाएर शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन निर्देशन दिएका थिए । मन्त्रीपरिषदले सैद्धान्तिक स्वीकृति दिएको औद्यागिक नगरीको गुरुयोजना बन्न भने बाँकी नै छ । अत्याधुनिक औद्योगिक नगरीमा व्यवस्थित बत्ती, पानीको सुविधा, फोहोर संकलन र व्यवस्थापन केन्द्र, औद्योगिक सुरक्षा लगायतका औद्योगिक पूर्वाधार निर्माण गरिनेछ । नगरीमा सेवाग्राहीले सस्तो मूल्यमा औद्योगिक वस्तुको खरिदबिक्री गर्न पाउनेछन् भने सबै सेवाहरु एकीकृत रुपमा पाउनेछन् । सरकारको स्वामित्वमा रहने औद्योगिक नगरीमा स्थानीय व्यावसायीले सुलभ दरमा लिजमा जग्गा र भौतिक पूर्वाधारको उपयोग गर्न पाउनेछन् । मन्त्रीपरिषदको औद्योगिक नगरी बनाउने निर्णय भएसँगै प्रचण्डको घोषणा एक हप्तामै कार्यान्वयनमा आएको हो । शक्तिखोरमा औद्योगिक नगरी बनेपछि त्यसले देशको अर्थतन्त्रमा गुणात्मक योगदान गर्ने व्यवसायीहरुको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE