Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ओलीलाई देउवाको जवाफ– होस् गर्नुस् ओलीजी

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाको डर एमालेलाई भएको बताएका छन् । पूर्व पञ्चहरुको पार्टी राप्रपाको शुक्रबारदेखि शुरु भएको एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै देउवाले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै आफ्नो पार्टी होइन एमालेलाई नै होस् गर्न आग्रह गरे । देउवा बोल्नु अघि भाषण गरेका ओलीले राप्रपाले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्ने बताएका थिए । ओलीपछि मन्तब्य राखेका देउवाले राप्रपाको बढी भोट पूर्वाञ्चलमा झापाबाटै आएको भन्दै एमालेले नै होस् गर्नुपर्ने बताए । ओलीजीले केही कुरा राख्नुभयो, माफ गर्नुहोला यो जुहारी जस्तो भयो भन्ने कुराबाट मतब्य राख्न शुरु गरेका देउवाले राप्रपाको डर आफूहरुलाई होइन, एमालेलाई भएको संकेत गरे । ‘पूर्वाञ्चलमा झापाबाटै राप्रपाको बढी भोट आएको छ’, देउवाले भने, ‘उहाँ (ओली)ले होस् गरे हुन्छ ।’ हिजो सँगै थियाैं, भोलि सँगै हुनेछौं आफ्नो नेतृत्वको सरकारमा विगतमा कमल थापा, पशुपति शम्सेर राणा, प्रकाशचन्द्र लोहनीहरु एउटै क्याबिनेटमा रहेको स्मरण गर्दै देउवाले आगामी दिनमा पनि एकै ठाउँमा हुने विश्वास ब्यक्त गरे । बहुदलीय ब्यवस्था नै उत्तम ब्यवस्था भएको दाबी गर्दै देउवाले सबै राजनीतिक दलहरु बहुदलीय ब्यवस्थाकै पक्षमा आएकाले कांग्रेसको जीत भएको बताए । उनले नेपालमा बहुदलीय ब्यवस्था रहिरहने पनि दाबी गरे । सबैलाई समेट्न संशोधन कांग्रेस सभापति देउवाले हिमाल, पहाड, तराईका जनता सबैलाई समेट्न आफूहरुले संविधा संशोधन प्रस्ताव ल्याएको बताए । अहिले संविधानको कार्यान्वयन जरुरी भएको भन्दै त्यसका लागि संविधान संशोधन गरी तीनै तहको निर्वाचन हुनु आवश्यक रहेको बताए । तीनै तहको निर्वाचनको निम्ति सबैको सहमति, सबैले सहभागी हुनु जरुरी रहेको देउवाले उल्लेख गरे । पहाड, मधेस हिमालका जनता सबै त्यसमा सहभागी हुनु जरुरी भएको भन्दै देउवाले मधेसी जनताको मागलाई ध्यानमा राखेर संशोधनको कुरा राखेको स्पष्ट गरे । ब्यापक छलफल गरेर राष्ट्रकै हितमा राखेर संशोधन प्रस्ताव ल्याएको भन्दै देउवाले राप्रपा लगायत सबैको साथ रहने विश्वास ब्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending