Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

फागुन ८ भित्र चुनावको मिति घोषणा गर्ने तयारीमा प्रचण्ड

\"\"काठमाडौं, ४ फागुन । सरकारले फागुन ८ भित्रमा स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमाले र मधेसवादी दलहरुको सहमतिमा अबको चार दिनभित्र चुनाबको मिति घोषणा गर्ने गरि सरकारले तयारी थालेको हो । संविधान संशोधन प्रस्ताव पारित नगरी चुनावमा जान नहुने मधेसवादी दलहरु र संविधान संशोधन अगाबै स्थानीय निकायको चुनावमा जानु पर्ने प्रमुख प्रतिपक्षी दल एमालेको अडानको कारण अप्ठ्यारोमा परेको प्रचण्ड नेतृत्वको सरकारले दुवै सँग सल्लाह र सहमति गरेर फागुन ८ भित्रै मिति घोषणा गर्ने तयारी अगाडी बढाएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी दिए। संशोधन प्रस्ताव पास भए पनि फेल भए पनि यसलाई स्वीकरेर अघि बढ्न एमाले र मोर्चा तयार हुनुपर्ने भन्दै सरकारले त्यही धारणाका साथ दुबैसँग कुरा गरिरहेको बताए । त्यसैगरि प्रधानमन्त्री प्रचण्डले जेठ मसान्तसम्म चुनाव गराउने गरि तयारी अगाडी बढाउन निर्वाचन आयोगलाई यस अघि नै पत्र पठाइसकेका छन् । उनले प्राविधिक रुपमा निर्वाचनको मिति घोषणा नगरिए पनि मन्त्रीपरिषदको बैठकले निर्णय गरेर निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई पत्र लेख्नु मिति घोषणा गरे बराबर भएको र दलहरुको बीचमा सकारात्मक छलफल भइरहेकाले अब छिट्टै नै मिति घोषणा हुने बताएका छन् । त्यस्तै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले राजनीतिक दलहरुको बीचमा सकारात्मक सकारात्मक छलफल अगाडी बढिरहेकाले अब छिट्टै नै निर्वाचनको मिति घोषणा हुने बताइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: