Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

माअोवादी केन्द्र र नयाँ शक्तिबीच कार्यगत एकताको सम्भावना, प्रचण्ड-बाबुरामबीच छलफल

\"\" काठमाडौँ, २९ माघ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टिबीच आगामी निर्वाचनमा कार्यगत एकता हुने सम्भावना बढेको छ । आगामी निर्वाचन, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरा भट्टराईबीच कार्यगत एकताका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो । तर प्रधानमन्त्रीको सचिवालयले भने प्रचण्ड र बाबुरामबीच स्थानीय तहको निर्वाचन, प्रदेशको संरचना र संविधान संशोधनको विषयमा मात्रै छलफल भएको जनाएको छ । प्रधानमन्त्रीको निम्तोमा बालुवाटार पुगेका बाबुराम र प्रचण्डबीच आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुरा भएको थियो । ‘मैले एमालेसँग पनि कुरा गरेको छु, एमालेका अध्यक्ष केपी ओलीज्यु निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमत हुनुहुन्छ, जेठ १५ भित्र निर्वाचन हुन्छ, अब हामी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरौँ भन्ने लागेर मैले तपाईलाई यहाँ बोलाएको हुँ’ बाबुरामसँग प्रचण्डले भनेको भनाइलाई उदृत गर्दै स्रोतले खबरडबलीलाई भने, ‘अब निर्वाचनको तयारीमा जुट्नुपर्छ, गम्भिर रुपमा छलफल गरौँ’ जवाफमा भट्टराईले परिवर्तनका एजेण्डा मास्ने पक्षधरताहरु बलियो बन्दै गएकाले परिवतृनकारी शक्ति एक भएर निर्वाचनमा होमिनुपर्ने भनाई राखेको स्रोतले जनायो । ‘हामीसँग विगतको निर्वाचनको राम्रै अनुभव छ, अब परिवर्तनका पक्षधरता खासगरी मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ, यस विषयमा म कुरा गर्छु’ प्रचण्डसँग बाबुरामले भनेका थिए । यद्यपी कार्यगत एकता गर्ने या नगर्ने विषयमा टुंगो लागिसकेको छैन । भेटपछि खबडबलीसँगको टेलिफोन संवादमा भट्टराईले भने, ‘हामीबीचमा खासगरी आगामी निर्वाचन र संविधान संशोधनको विषयमा कुराकानी भयो, त्यससँगै परिवर्तनका एजेण्डालाई जोगाउन र संस्थागत गर्नका लागि मुद्दा मिल्नेहरु एकठाउँमा उभिनुपर्ने कुरामा पनि छलफल भयो, तर नयाँ शक्ति र माओवादीबीच कार्यगत एकताको विषयमा कुरा भएन ।’ प्रधानमन्त्री सचिवालयका अनुसार भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित जनताले मुआब्जा कम पाएको भन्दै बढाउन माग गरेका छन् । साथै बृहत्तर जनकपुर विकास लगायतको माग राखी रामकुमार शर्मा र कलामुद्दिन राइन अनसनमा बसेको १० दिन भएको भन्दै छिट्टो माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको नयाँ शक्तिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending