Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

‘फाष्ट ट्रयाकको शिलान्यास एक महिनाभित्रै’

\"\" बारा, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराई जोड्ने द्रतमार्गको शिलान्यास एक महिनाभित्रै हुने प्रतिवद्धता जनाएका छन् । शनिवार बाराको निचगढ पुगेका प्रचण्डले द्रुतमार्ग निर्माण कसले गर्ने भन्ने देखिएको अन्योलताको अन्त्य भसकेको बताए । बढीमा एक महिनाभित्र काम सुरु हुने भन्दै प्रचण्डले ढुक्क रहन सबैलाई आग्रह गरे । द्रुतमार्ग निर्माणमा दबाब दिन निजगढस्थित फास्टट्रयाकको मूल गेटमा स्थानीय रिले अनसनमा बसेका अनसनकारीलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । राष्ट्रिय गौरवका आयोजना निजगढ–काठमाडौं फास्टट्रयाक र निजगढ विमानस्थलसहित पुर्व–पश्चिम हुलाकी सडक तथा रेल्वे ओयोजनालाई तत्काल अघि बढाउनका लागि दबाब दिने उद्देश्यले निजगढस्थित फास्टट्रयाकको मूल गेटमा स्थानीय रिले अनसन जारी रहेको छ । उनले ठूला आयोजनाहरु आफ्नै कार्यकालमा सम्पन्न गर्नेसमेत दाबी गरे । ठूला आयोजना सम्पन्न गर्ने दाबीका साथ प्रचण्डले मेलम्चीदेखि देशका विभिन्न भागमा रहेका आयोजनाको अवस्था बुझेर काम अगाडि बढाउन आफु लागिरहेको उल्लेख गरे । विकासका कामलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको उनले बताए । उनले गोवा विमस्टेक बैठक र भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित यिनै आयोजनाको बारेमा गम्भीर छलफल गरेकोसमेत उल्लेख गरे । ‘गोवा विमस्टेक बैठक र भारत भ्रमणको क्रममा मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित यिनै आयोजनाकोबारेमा गम्भीर छलफल गरेको छु’, उनले भने, ‘सबै आयोजनाले नयाँ ढंगले गति लिएको छ ।’ विमानस्थल क्षेत्रमा रहेको वस्ती व्यवस्थापन र मुआब्जाको अध्ययनबारे प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति निर्माण भई काम सुरु भइसकेको प्रचण्डले जानकारी दिए । जनताले योजना निर्माणका लागि दिइरहेको दबाबलाई सम्बोधन गर्न आफूले गम्भीर भएर पहल गरिरहेको उनको भनाई थियो । शनिवार नै नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई भेट गरी अनसनकारीहरुको माग सम्बोधन गर्न आग्रह गरेका थिए । यो पनि,  ओली भेटेको भोलिपल्टै प्रचण्ड मधेस हान्निए 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending