Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

संसद बैठक अघि नै हुने भो निर्वाचन घोषणा

काठमाडौं, २९ माघ । व्यवस्थापिका–संसद्को अबको बैठक बस्नुअघि नै स्थानीय निर्वाचनको मिति घोषणा गरिने भएको छ । ब्यवथापिका संसदको बैठक आगामी फागुन १० गते बस्दैछ । संसदको बैठक बस्नुभन्दा २ दिनअघि नै सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने भएको हो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा दलहरुबीच भने अझै सहमति जुटेको छैन । पुनर्संरचना प्रतिवेदनको अध्ययन गर्ने जिम्मा पाएको संघीय मामिला तथा स्थानी विकास मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिले प्रतिवेदनबारे कुनै निक्र्योल निकाल्न सकेको छैन । संविधान संशोधन विधेयकको पनि अझै टुंगो नलागेका कारण मधेसवादी दलहरुले निर्वाचन अस्वीकार गर्ने बताइरहेका छन् । मोर्चाका नेताहरुले जबजस्ती निर्वाचन घोषणा गरिए मधेसमा निर्वाचन हुन नदिने चेतावनी नै दिइरहेका छन् । तर सत्ता साझेदार दलहरुकै दबाबका कारण प्रधानमन्त्री प्रचण्डले निर्वाचन मिति घोषणा गर्ने सुर कसेका हुन् । तत्कालन निर्वाचन मिति घोषणा गर्न दबाब दिए पनि मोर्चासँग सहमति जुटाउनकै लागि सरकारले ‘आगामी जेठमा निर्वाचन गर्ने गरी तयारी थाल्नु’ भनी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । निर्वाचनका लागि विधेयकहरु समेत पारित भइसकेको भन्दै विपक्षी दलहरुले निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहँदा आगामी संसद बैठक अघि नै निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समझदारी भएको छ । हरिसिद्धिस्थिति माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा शुक्रबार ओलीसँग भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथिको सुझाव ८ गते निर्वाचन आयोगलाई बुझाइने र बुझाएलगत्तै प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा गर्ने जानकारी ओलीलाई लगाएको नेता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री प्रचण्ड शनिबार मधेस भ्रमणमा निस्कन लागेको र मधेसबाट फर्किएपछि स्थानीय निर्वाचन र संविधान संशोधनबारे प्याकेजमा नै प्रमुख दलबीच सहमति जुटाउन पहल गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending