Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बालुवाटार पुगेर बाबुरामले प्रचण्डलाई के भने ?

\"\"काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईबीच शनिवार विहान झण्डै एक घण्टा गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व माओवादी नेता भट्टराई शनिवार विहानै बालुवाटार पुगेका थिए । भेटका क्रममा बाबुरामले एमाले र मधेसी दलहरुलाई छुट्टाछुट्टै आश्वासन दिएर मुलुकको निकास ननिस्किने सुझाए । ‘एमालेसँग एउटा कुरा गर्ने र मधेसी मोर्चासँग अर्को कुरा गरेर समस्या समाधान कसरी हुन्छ ?’ भट्टराईले प्रश्न गरे । प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आफु प्रयासरत रहेपनि केही जटिलताका कारण अप्ठ्यारोमा परेको भट्टराईसँग स्पष्ट गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन, निर्वाचनको मिति घोषणा, स्थानीय तह पुनर्संरचनालगायत सम्पूर्ण बिषय प्याकेजमा समाधानका लागि आफूले गृहकार्य गरिरहेको भन्दै आश्वस्त पार्न खोजे । भट्टराईले अनसन बसेका आफ्ना दुई नेताको माग सम्बोधनका लागि पनि प्रचण्डसँग आग्रह गरे । बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्तिका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइन अनसन बस्दै आएका छन् । भेटमा संविधान संशोधन, स्थानीय तह, प्रदेशको पुर्नसंरचना, निर्वाचन लगायतबारे दुई नेताबीच कुराकानी भएको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै बढाउन गरेको आग्रहबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका थिए । जेठ भित्रै निर्वाचन गर्ने र त्यसको मिति यहि फागुन ८ भित्रै तय गर्ने भन्दै प्रचण्डले ओलीलाई आश्वस्त पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending