Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बौद्ध झण्डाले जोड्यो सीमानाका बेलहियालाई

\"\"भैरहवा, २८ माघ ।औद्योगिक व्यापारिक दृष्टिले मात्रै नभई पर्यटकीय दृष्टिले पनि भैरहवा देशकै अब्बल क्षेत्र मानिन्छ । काठमाडौं पछि नेपालकै अब्बल शहरको रुपमा स्थापित भइरहेको भैरहवा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारा हो भने विविधतामा एकता भएको सीमावर्ती शहर पनि हो । यस्तै विविधतालाई एउटै मालामा बाँधी अझै व्यवस्थित र सुन्दर बनाउने ध्ययेले एउटै रंगका झण्डा र घरमा रंग प्रयोग गर्नेगरी एक महिना अगाडिबाट थालिएको अभियानलाई निरन्तरता दिइएको छ । समाजिक कार्यमा अग्रसर रहेको भैरहवा मर्निङ्गवाक गुप्रले सो कार्यको थालनी गरेको थियो । सोही कार्यलाई निरन्तरता दिँदै शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. एक स्थित सीमानाका बेलहियामा महामानव गौतमबुद्धको झण्डा घरको छतमा राखिएको छ । ग्रुपले थालनी गरेको अभियानमा सिद्धार्थनगर नगरपालिकाले नीतिगत रुपमै सहयोग गरेको छ । यससँगै अबको केही महिना भित्र भैरहवा तथा सीमानाका बेलहियाका सबै आवसीय भवनहरु एउटै रंगका हुनेछन् भने प्रत्येक घरका छतमा बुद्धका झण्डा । \"\" शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर नपा (भैरहवा) रहेपनि प्रवेशद्वारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएका कारण ग्रुपले शहरको प्रत्येक घरघरमा बुद्धको झण्डा लगाउने अभियानको थालनी गरेको ग्रुपका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ओमकार गौचनले बताए । बुद्ध झण्डा शान्तिको प्रतिक रहेको र सो झण्डा शहरको प्रत्येक घरघरमा राखिएमा बुद्धजन्मस्थल प्रवेशद्वार सिद्धार्थनगरमा बौदात्मक प्रतिक झल्किने तथा पर्यटनको विकासमा पनि थप टेवा पुग्ने उद्देश्यले अभियानको थालनी गरि यसलाई निरन्तरता दिइएको भैरहवा मर्निङ्ग वाक गुप्रका अध्यक्ष वियज सागरले बताए । उनले सिद्धार्थनगर नगरपालिकाले अब नगरमा निर्माण हुने सम्पूर्ण घरमा पहलो रंग लगाउनु पर्ने निर्णय गरेपश्चात आफुहरुले पनि त्यसमा हातेमालो गर्दै बौद्धात्मक झल्किने गरी घरघरमा झण्डा लगाउने अभियान सुरु गरेको बताए । पहेलो रंगले बुद्धको छालाको रंगलाई जनाउँने गर्दछ । ५ वटा निलो, पहलो, रातो, सेतो र कलेजी रंगको मिश्रित रंगले बौद्धको झण्डा बनाइएको हुन्छ । उक्त ५ वटा रंगमध्ये निलो भन्नाले बुद्धको कपाल, पहलो रंग भन्नाले बुद्धको छाला, रातो बुद्धको रगत, सेतो बुद्धको दाँत र कलेजी बुद्धको कलजोलाई जनाउने गरी प्रतिकात्मक झण्डा शुरुवाती चरणमा भैरहवाको मुख्य बजार बैंक रोडमा राखिएको थियो भने दोस्रो चरणमा सीमानाका बेलहियामा राखिएको अध्यक्ष सागरले बताए । उक्त अवसरमा बुद्ध झण्डा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्माले संसारमै बुद्धजन्मस्थल भनेर परिचित भैरहवाको महत्व अझै झल्काउनेगरी बुद्धको ध्वजाले प्रतित गर्ने विश्वास व्यक्त गरे । उनले मनिङ वाक गु्रपले थालेको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने– ‘बुद्धले लगाएको बस्त्र वा बुद्धको छालाको संकेत दिने पहेलो रंगको प्रयोग यहांका हरेक घरमा गरिनाले एकातिर शहरको सौन्दयर्ता बढ्छ भने अर्कोतिर बुद्ध प्रतिको सम्मान र विश्वास अझ अमर भइरहन्छ ।’ सो अवसरमा सिद्धार्थ उद्योग वाािणज्य संघका कार्यबाहक अध्यक्ष डा. शान्त कुमार शर्माले भैरहवा शहरलाई बुद्धको शहरको रुपमा स्थापीत गर्न बुद्धको झण्डा र रंगलाई प्रयोगमा ल्याउने सन्दर्भ महत्वपूर्ण भएको जनाउँदै उनले अभियानलाई सफल पार्न आफुहरुको पूर्ण सहयोग रहने बताए । आफूले संघमा कुरागरी मर्निङ वाकसँग हातेमालो गर्ने प्रतिबद्धता पनि जनाए । यसअघि प्रतिझण्डा ३ सय रुपैयाँमा विक्री गरिएको अहिले भने २ सय रुपैयाँमा विक्री गरिएको थियो । गु्रपका अध्यक्ष सागरका अनुसार पहिला झण्डा काठमाडौंबाट लिइएकोले अलि महंगो परेको तर अहिले भैरहवामा नै बनाइएकाले लागत मूल्य घटाइएको हो । बेलहिया गाउँ समाजका पदाधिकारी तथा सदस्यहरु, गु्रपका सदस्यहरु, स्थानीय बासी लगायतको सहभागिता रहेको उक्त बौद्ध झण्डा वितरण कार्यक्रममा सिद्धार्थ जेसिजका अध्यक्ष सुमन कुमार शर्मा लगायतको उपस्थितिमा रहेको उक्त कार्यक्रम पश्चात बेलहियाका घर पसलहरु, अध्यागमन कार्यालयमा बुद्धको झण्डा राखिएको थियो । बुद्धझण्डा र रंगको महत्व बुद्धको झण्डमा ५ रंग हुने गर्दछ । चारकुने उक्त झण्डामा निलो, पहेलो, रातो, सेतो र कलेजी रंग हुने गर्दछ । इतिहासबिद् विजय सागरका अनुसार सन् १८८५ मा अमेरिकाका हेनरी इस्वीवालले उक्त झण्डा तयार गरेका हुन् । सो झण्डामा प्रयोग भएको निलो रंगले बुद्धको कपाल, पहेलोले बुद्धको छाला, रातोले बुद्धको रगत, सेतोले बुद्धको दांत र कलेजी रंगले बुद्धको कलेजोलाई संकेत गर्ने गर्दछ । इतिहास विद सागरले सत्ययुगमा बुद्ध विपस्वी र शिखी बुद्धको रुपमा, त्रेतायुगमा बिसरु र कक्रुछन्द, द्वापर युगमा कनकमणी र कास्यप बुद्धको रुपमा आएको र अहिले कलियुगममा शाक्यमुनि बुद्धको रुपमा बुद्धको अवतार भएको समेत दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending