Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

चन्द आईजी बनाइए सिलवाल सीआईबीबाट आउट !

\"\"काठमाडौं, २८ माघ । नेपाल प्रहरीको आईजीपी नियुक्तिको विषयले यतिबेलाको राजनीति तातिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल अवकाश पाउने भएपछि नयाँ आइजीपी नियुक्त गर्न लागिएको हो । अहिले २७ जना डीआईजी मध्ये चार जना आईजीको लाइनमा छन् । डीआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी आईजीको लाइनमा छन् । बरियताका आधारमा सिलवाल नै अबको आईजी हुनुपर्ने भए पनि राजनीतिक स्वार्थमा विभिन्न खेलहरु भइरहेको कुरा सार्वजनिक हुँदै आएका छन् । मन्त्रिपरिषद्को विहीबारकै बैठकले आईजी नियुक्त गर्ने भनिए पनि सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विवादको कारण विहीबारको मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तिको विषय एजेण्डा नै बनेन । बरियता आधारमा सिलवाल आईजी बन्नुपर्ने भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने जयबहादुर चन्दलाई आईजी बनाउनुपर्नेमा छन् । स्रोतका कारण देउवाको जोडका कारण गृहमन्त्री बिमलेन्द्र निधि पनि चन्दलाई नै आईजी बनाउने निश्कर्षमा पुगिसकेका छन् । चन्द आफ्नै क्षेत्रका भएका कारण र आगामी निर्वाचनमा सहयोग गर्ने भएकैले पनि देउवाले चन्दलाई आईजी बनाउन चाहेका छन् । अहिले आफूले गरेको गुन चन्दले आगामी चुनावमा तिर्ने उनको विश्वास छ । चन्द २०४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । मधेसमा क्रियाशील भूमिगत संगठन ध्वस्त पार्नेदेखि विभिन्न ठाउँका डनलाई समेत इन्काउन्टर गर्न आफू सफल भएको दाबी चन्दको छ । सिलवाल भने यतिबेला आफू हिरो हुनका लागि वर्षौदेखि हुँदै आएको सुन तस्करको घटनामा हालै एसएसपीको समेत बर्दी उतारेर चर्चामा आएका छन् । अनुसन्धान प्रमुख रहेका सिलवालले सुन तस्करी लगायतका विभिन्न घटनामा प्रहरीको माथिल्लो तहसम्म नै संलग्नता रहेको भन्दै आफ्ना प्रतिष्पर्धीहरुलाई ठीक पार्ने मौका पाएकाले आफू आईजी हुन नपाएमा प्रतिशोध साँध्ने मौका पनि पाउनेछन् । त्यसैले उनले धेरै प्रहरी अधिकारीको पनि बर्दि उतार्न सक्ने सम्भावना छ । स्रोतकाअनुसार कांग्रेस सभापति देउवाकै निर्देशनमा चन्दलाई आईजी बनाएर सिलवाललाई सीआईबीबाट तत्कालै सरुवा गर्ने तयारी गृहले गरेको छ । यता, प्रहरीमा सशस्त्र र जनपद प्रहरीको आईजी नियुक्तिमा सत्ता साझेदार प्रमुख दुई दलले भागबण्डा गरेको भन्दै चौंथो ठूलो दल राप्रपा रुष्ट भएको छ । राप्रपा अध्यक्ष कमल थापाले सुरक्षा प्रमुखमा समेत भागबण्डा गर्न खोजिएको भन्दै रोष प्रकट गरेका छन् । सुरक्षा निकायको प्रमुखमा पनि भागबण्डा नगर्न भन्दै थापाले प्रधानमन्त्री प्रचण्डलाई ट्वीटरमा मेन्सन गरी गरी लोकतन्त्रको चीरहरण नगर्न चेतावनी दिएका छन् । \"\"    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending