Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

काठमाडौंको सडकमा अब दिनको तीन पटक पानी खन्याइने

\"\"काठमाडौं, २८ माघ । काठमाडौं उपत्यकाको सडकको धुलो नियन्त्रण गर्न दिनको तीन पटक सडकमा पानी खन्याइने भएको छ । खानेपानी लगायतका विभिन्न आयोजनाहरुले सडकमा भत्काउँदा धुलो उडेर वातावरण प्रदुषित भएपछि दिनको तीन पटक सडकमा पानी खन्याउने निर्णय गरिएको हो । राष्ट्रिय योजना आयोग नेतृत्वमा खानेपानी तथा सरसफाइ, सहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र केलुकेएलका प्रतिनिधि सम्मिलित बैठकले खानेपानीका पाइप ओछ्याउन खनिएका सडकमा दिनको तीनपटकसम्म अनिवार्य रूपमा पानी हाल्ने निर्णय गरिएको हो । पानी हाल्ने र सडक निर्माण गर्ने कामको अनुगमन गर्न वातावरण मन्त्रालयका उपसचिवको नेतृत्वमा अनुगमन समिति पनि बनाइएको छ । साथै भत्काइएका सडक १५ दिनभित्रै बनाइसक्नुपर्ने पनि योजना आयोगले सम्झौता गरेको आयोग सदस्य डा. प्रभु बुढाथोकीले बताए । खानेपानीको पाइप बिच्छ्याउ भन्दै काठमाडौंका सडकहरु भत्काउने काम भइरहेपछि काठमाडौंका सडक धुलोले ढाकिने गरेको छ । अत्याधिक वायु प्रदुषण बढेको भन्दै केही दिनअघि सर्वोच्च अदालतले नै धुलो नगर्न आदेश दिएको थियो । सबै निर्णय आइतबारदेखि प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने सहमति भएको भएको छ । अनुगमन समितिले हरेक दिन उपत्यकाको अनुगमन गरेर वातावरण सचिवलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । यसैगरी बैठकले सडक विस्तार गर्दा सडकका बीचबीचमा परेका, ढलेका बिजुली र टेलिफोनका पोल तत्काल उठाउन आयोगले सरोकार निकायलाई आग्रह गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending