Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

आइजीपी नियुक्ति : कांग्रेसको घेराबन्दीमा प्रचण्ड, दवाव थेग्लान कि नथेग्लान् ?

\"\"काठमाडौं, २८ माघ । छलफलको प्रारम्भदेखि नै बरिष्ठलाई छोडेर तेस्रो वरियतामा रहेका जय बहादुर चन्दलाई नेपाल प्रहरीको नेतृत्व बनाउनुपर्ने अडान रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रभावमा विहिबारबाट गृहमन्त्री विमलेन्द्र निधि पनि परेपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लिएका छन् । वरिष्ठता तथा क्षमताको आधारमा १ नं. मा रहेका नवराज सिलवाललाई आइजिपि बनाउनुपर्ने पक्षमा रहेका प्रचण्डलाई निधिले साथ छोडेपछि कांग्रेसको दवाव थेग्न मुश्किल पर्ने देखिएको छ । विहिबारसम्म प्रचण्ड र निधि सिलवालकै पक्षमा थिए भने शुक्रबारसम्म आइपुग्दा निधि देउवाको मतमा पुगेका छन् । निधिले देउवाले भनेको नमानेपछि राजिनामा दिने समेत मनस्थितिमा पुगेका थिए तर नेपाली कांग्रेसकै केही नेताहरुले देउवालाई साथ दिन भनेपछि निधि गलेको स्रोतहरु बताउँछन् । फलत विहिबार गृहसचिवलाई जयबहादुर चन्दको पक्षमा फाइल उठाउन समेत निधिले अह्राइसकेका छन् । आउँदो फागुन २ गतेबाट नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल स्वत अवकासमा जाँदैछन् भने रोलक्रममा रहेका नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो र जयबहादुर चन्द तेस्रो वरियताका डिआइजि हुन् । यता सशस्त्र प्रहरीका महानिरिक्षकमा भने एआइजि सिंहबहादुर श्र्रेष्ठ बन्ने करिब पक्का भएको छ । सत्ता साझेदार घटक नेपाली कांग्रेसको कोटामा नेपाल प्रहरी र माओवादी कोटामा सशस्त्र प्रहरीको नियुक्ति गर्ने गरी बाँडफाँड भएको बताइन्छ । माओवादीले सशस्त्र प्रहरीमा भने वरिष्ठताका आधारमै नियुक्ति गर्ने भनेपछि विवाद करिब छैन । पार्टीभित्र र बाहिरको दवाव सिलवालको पक्षमा र नेपाली कांग्रेसको दवाव चन्दको पक्षमा भएपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending