Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

प्रचण्ड सरकार ढाल्ने ओलीको सपना यसरी भयो चकनाचुर

\"\"काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ढाल्नका लागी राखेको प्रस्ताव प्रमुख सत्तासाझेदार कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । केहीदिनदेखि एमाले अध्यक्ष ओलीले सभापति देउवालाई टेलिफोनमार्फत प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाए आफुले कांग्रेसलाई सरकार बनाउन सहयोग गर्ने भन्दै भेट्न आग्रह गरिरहेका थिए । हालै भएको अनौपचारिक भेटका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत निर्वाचन सम्भव नभएको भन्दै निर्वाचनमार्फत संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार ओलीले प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिई एमालेको समर्थनमा नयाँ सरकार गठन गर्न देउवालाई अफर गरेका थिए । ‘प्रचण्डबाट चुनाव हुने आशा नगरे हुन्छ, एमाले, राप्रपा र विजय कुमारजीको पार्टीका समेत समर्थनमा तपाई प्रधानमन्त्री बन्नुस अनि चुनावमार्फत संविधान कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुस’ ओलीले देउवालाई भनेका थिए । तर देउवाले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरेको खुलेको छ । देउवाले ओलीलाई ‘सरकार ढाल्नेबारे कुरै नगरौं’ भनेको समेत स्रोत बाउँछ । ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका देउवाले ओलीले आफूलाई गरेको अफरबारे बिफ्रिङ गरेका थिए । ‘ओलीजीले तपाईबाट चुनाव सम्भव छैन, मेरो नेतृत्वमा सरकार बनाउनुस भनेर भन्नुभएको थियो, अब चुनावमा ढिलाई नगरौँ, यहाँ अरुले खेल्न थालिसक्यो’ देउवाले प्रचण्डलाई भनेका थिए । ओलीलाई तत्काल कांग्रेसले प्रचण्ड सरकार नढाल्ने जवाफ आफूले दिएको समेत देउवाले सुनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending