Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

बढ्यो चुनावको संभावना , देशव्यापीरुपमा दल दर्ता तिव्र गतिमा

\"\"काठमाडौँ २१ माघ । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की : जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिए । अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता भएका छैनन् । दर्ता भएका राजनीतिक दलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, राष्ट्रिय शिव सेना, नेपाल परिवार दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । यस्तै, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा ९माले०, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी, नेकपा माले ९जनसमाजवादी० पार्टी पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् । कार्यसमितिको सदस्य सङ्ख्यामा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा वढी नौसय ९९ र सबैभन्दा कम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र राष्ट्रिय यथार्थवादी पार्टीले सात÷सातजना सदस्य सङ्ख्या रहेको विवरण कार्यालयमा बुझाएका छन् । त्यस्तै, नेपाली काँग्रेसले ४४, एमालेले ८० र राप्रपाले एकसय एकजना सदस्य सङ्ख्या रहेको विवरण बुझाएको बताइएको छ । भोजपुरः स्थानीय तहको निर्वाचनमा भाग लिन भोजपुरमा १३ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अन्तिम समयसीमा सकिँदासम्म भोजपुरमा १३ दलले निर्वाचन कार्यालय भोजपुरमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका एकसय ११ दलको सूची जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको थियो । निर्वाचन आयोगको निर्देशन सहितको परिपत्रअनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचनाभित्र रहेर आफ्नो दल दर्ता गर्नेमा क्रमश ः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९माले०, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टी ९जनसमाजवादी० रहेका छन् । निर्वाचन आयोगमा दर्ता भएका दलले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले जिल्लामा पनि दल दर्ता गरेर यहाँको विवरण आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी दिव्यश्वरी शाक्यले जानकारी दिनुभयो । सिन्धुली ः जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टी ९माक्र्सवादी० दुईपटक दर्ता गरिएको छ । दुईजना व्यक्तिले आफू पार्टीको आधिकारीक व्यक्ति भन्दै दुईपटक दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी० सिन्धुलीको प्रमुख आफू रहेको भन्दै माघ २ गते बुद्धिराम श्रेष्ठले पाँचौँ नम्बरमा कार्यालयमा पुगेर दल दर्ता गराएका थिए । यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी० सिन्धुलीको आफू आधिकारिक व्यक्ति भन्दै हिरण्यलाल श्रेष्ठले माघ १० गते जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा ११औँ नम्बरमा दल दर्ता गराउनुभएको छ । दुवै व्यक्तिले दल दर्ता गराएपछि विवादित बनेको नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी०का बारेमा निर्वाचन आयोगलाई जानकारी गराइएको निर्वाचन अधिकारी जोशीले बताए । यस्तै, सिन्धुलीमा निर्वाचन आयोगले दिएको समयसीमा भित्रमा २० वटा दल दर्ता भएका छन् । सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले दल दर्ता गराएको छ । त्यसपछि क्रमशः नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माले०, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी०, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, मुस्कान सेना, नेपाल परिवार दलले दल दर्ता गराएका छन् । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, अखण्ड नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त०, चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माले जनसमाजवादी०, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनले दल दर्ता गराएका छन् । गुलरिया ९बर्दिया० ः स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बर्दियामा २१ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बर्दियामा दर्ता भएका छन् । निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बर्दियामा २१ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी पवन शाहीले जनकारी दिए । पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका २१ दल रहेका छन् । महोत्तरीः महोत्तरी जिल्लामा २९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले जिल्ला÷जिल्लामा दल दर्ता गर्न दिएको गत सोमबार सम्मको अवधिमा २९ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०, सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन् । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त०, नेकपा ९माले०, नेपाल समाजवादी पार्टी ९लोहियावादी०, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय शिब सेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी० र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल रहेका जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिए । जिल्लामा दर्ता भएका अन्य दलमा बहुजन शक्ति पार्टी, नेकपा ९माले० ९जनसमाजवादी०, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, बहुजन समाज पार्टी नेपाल, राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, नेपाल जनता पार्टी, राष्ट्रवादी पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र युवा नेपाल पार्टी रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending