Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

देश बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक–कोइराला

\"\"काठमाडौं, २० माघ  । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन् । जी.पी कोइराला फाण्डेशनद्वारा काठमाडौंको कामाद कलेजमा आयोजित साइवर अपराध सम्बन्धी एक दिवसीय सचेतना मुलुक कार्यक्रममा बोल्दै बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहिनताको अन्त भई देश समृद्धितर्फको यात्रा सहज हुने बताइन । ‘देश बलियो बनाउने हो भने अपराध र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उनले भनिन्,‘अपराधी र आतंककारीले युवाहरूलाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ ।’ राष्ट्रभन्दा ठूलो कोही नहुने भन्दै सबैले देशको हितमा केन्द्रित भएर सबै अगाडि बढ्नुपर्ने बताएकी छिन् । देशको हितका लागि कस्तो कानुन चाहिन्छ त्यो बनाउनुपर्छ । अपराध गर्ने र तारोमा पर्नेमा युवाहरू बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताइन् । साइबर अपराधमा बढी युवाहरू प्रभावित पारेकोले त्यसविरुद्ध सबै मिलेर लड्नुपर्ने उनको जोड थियो । उनले आतंकारीहरूले समेत इन्टरनेटको दुरुपयोग गरी युवाहरूलाई आतंककारी गतिविधिमा प्रयोग गरेकोमा सबै गम्भीर बन्नुपर्ने उनले बताइन । जी.पी. कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहेकी कोइरालाले साइबर अपराधविरुद्ध कडा कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिइन् । कानुनको सही उपयोग र प्रहरी प्रशासनलाई प्रभावशाली बनाउन सके अपराध नियन्त्रण सहज हुने बताइन् । कोइरालाले युवा लक्षित कार्यक्रम देशव्यापी बनाउने बताइन् । गिरिजाप्रसाद कोइरालाले सधै युवाहरूबारे चिन्तन गर्नुभएको उल्लेख गर्दै युवालाई सक्षम र देशलाई समृद्ध बनाउनेतर्फ आफू खटिइरहने नेत्री कोइरालाले बताइन । \"\" साइबर अपराधका जानकार एवं प्रहरी नायब उपरीक्षक पशुपति रायले नेपालमा भइरहेका साइबल अपराध र घटनाहरूको व्याख्या गरेका थिए । उनले चालु आर्थिक वर्षमा ६०० उजूरी आएको र गत आर्थिक वर्षमा १७ मुद्या दर्ता गरेको जानकारी गराए । साथै उनले साइबर अपराधसम्बन्धि विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराएका थिए । उनले कसैलाई विश्वास गरेर सामाजिक सञ्चालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव दिए । आफूले राखेको तस्वीर र पोष्टले भविष्यमा करिअरमा नोक्शान पु¥याउनसक्नेतर्फ सचेत रहन उनको आग्रह थियो । अर्काको सामाग्री चोरेर पोष्ट गर्ने गतिविधिले गम्भीर घटना निम्त्याएको जानकारी गराउँदै उनले अभिभावकहरूले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिए । अनलाइनमार्फत् चाइल्ड सेक्स टुरिज्मका संगठित अपराधीहरूले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकोमा सचेत रहन उनको आग्रह थियो । साइबर अपराधमा रोकी, हेरी मात्र बढ्ने सोचलाई मनन गर्न सके अपराधबाट बच्न सकिने उनले बताए । कार्यक्रममा कामाद कलेजका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । जी.पी. कोइराला फाउण्डेशनले युवाहरूलाई लक्षित गरी विकास, अपराध नियन्त्रणम सचेतना, युवा सशक्तिकरणलगायतका विषयमा देशभर कार्यक्रम संचालन गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending