Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

वाईसिएल सशक्त परिचालन हुने, बनायो ३ महिने कार्यक्रम

\"\"काठमाडौं, १९ माघ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल सशक्त परिचालन हुने भएको छ । राजधानिमा आयोजित माओवादी सम्बद्द ७ घटकका युवाहरुको एकता पश्चात बनेको वाईसिएल संयोजन समितिले ३ महिने कार्यक्रम समेत निर्माण गरेको छ । ७ वटै घटकका केन्द्रिय समितिका सदस्यहरुमात्रै राखेर बनेको संयोजन समितिका संयोजक पूर्व जनमूक्ति सेनाका डिभिजन सहायक कमाण्डर नेप बहादुर कुवँर हुन् । आउँदो बैशाख ९ र १० मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको वाइसिएलले ७५ वटै जिल्ला र प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने छ भने १५१ सदस्यिय केन्द्रिय समिति निर्माण गर्ने कार्यविधि समेत तय गरेको छ । दीपशिखाद्वारा प्रस्तुत गरिएको संगठनात्मक कार्यविधिमा संयोजन समितिका ३९९ सदस्य नै तल्ला कमिटिहरुबाट निर्बाचित भएर मात्रै राष्ट्रिय सम्मेलनमा आउन पाउने व्यवस्था गरिएको छ । जसले माओवादीमा पछिल्लो समय देखिएको संगठनात्मक भद्रगोलताको अन्त्य गराउने बुझाई वाइसिएल नेताहरुको रहेको छ । वाइसिएलका पूर्व उपाध्यक्ष युवराज दुलाल शरदले प्रस्तुत गरेको निर्बाचन कार्यविधि अनुसार वाईसिएल सम्पूर्ण संरचनाहरु अब प्रत्यक्ष निर्बाचन प्रक्रियाबाटै छानिने छन् । कुवँरका अनुसार तत्काल वाईसिएल स्ववियु निर्बाचनमा केन्द्रित हुनेछ । वाईसिएल नेपालले एकता बैठकबाट नयाँ कार्यविभाजन समेत गरेको छ । नयाँ कार्यविभाजन अनुसार स्कुलिङ विभाग प्रमुखमा लक्ष्मी चौलागाई सैलेन्द्र चयन भएका छन् भने संगठन विभागमा वाईसिएलका पूर्व महासचिव दीपशिखा चयन भएका छन् । प्रचारप्रसार विभागमा भने आरवाईएलका पूर्व महासचिव दिपक देवकोटा छानिएका छन् आर्थिक विभागका वाइसिएलका पूर्व कोषध्यक्ष सुवोधराज शेर्पाली चयन भएका छन् । यसैगरी प्रदेश इन्चार्जहरुमा १. नं. प्रदेशमा नन्दराम कडँरिया शिखर, २ मा लालेन्द्र मण्डल, ३ मा युवाराज चौलागाई शरद, ४ मा क्षितिज लामिछाने, ५ मा नरेन्द्र पाण्डे जेम्स, ६ मा अग्नि र ७ मा सिहंराज चयन भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending