Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

२६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रहरी र सरकारी वकिलको सम्मेलन

काठमाडौँ, १६ माघ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताए । उनले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र नयाँ प्रविधिको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । गृहमन्त्री निधिले विधिको शासन कायम गर्नका लागि संविधान कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै हिमाल, पहाड तराईका सबै मानिसले संविधानप्रति अपनत्व महसुस गर्ने गरी संशोधन प्रस्ताव अघि सारेको बताए । उनले तीनै निकायको निर्वाचन गर्न आवश्यक भएकाले निर्वाचनका लागि सबै तयार हुनुपर्ने जरुरी भएकोसमेत बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले अनुसन्धानमा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयन हुनुपर्नेमा जोड दिए । नयाँ प्रविधिको विकाससँगै अपराध पनि नयाँ देखिँदै गएको हुँदा सत्यलाई न्यूनीकरण गर्नका लागि अपराधसंहिता निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सुशासनका लागि विधिको शासन, नियम कानुनको पालना इमान्दारीपूर्वक गर्नुपर्ने बताए । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारवादी मुद्दा हार्दा सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी दुवैको हार हुने मात्र नभई राज्यको समेत हार हुने भएकाले गम्भीरतापर्वूक ध्यान दिनुपर्ने आवश्यकता अाैल्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending