Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तलाई भने– कुनै हालतमा चुनावको तयारी नरोक्नुस

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख निर्वाचन आयुक्त आयोधि प्रसाद यादवलाई भेटी कुनै पनि हालतमा चुनावको तयारी नरोक्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन । भेटमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको तयारीबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीसँग प्रमुख आयुक्त यादवले निर्वाचन आयोगले देशैभरबाट तयारी तीव्र पारेको जानकारी गराएका थिए । उनले सरकारले निर्वाचनसँग सम्बन्धित विधेयक संसदबाट पारित गर्ने वितिक्कै आयोगले चुनावको सबै तयारी गर्ने बताएका थिए । चुनावकै तयारीका लागि आफूले जिल्ला भ्रमण गरेको आयुक्त यादवले प्रधानमन्त्रीलाई जानकारी गराए । जिल्ला भ्रमणबाट चुनाव गराउन सक्ने अवस्था देखिएपनि संसदमा रोकिएका विधेयक पारित नभएसम्म अप्ठेरो बनेको बताए । उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भने – ‘सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको जानकारी दिदैँ आयोगले सरकारको स्प्रीडलाई ख्याल गरेर काम गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले भने–‘आयोगलाई केही समस्या परेको छ भने भन्नुहोला, तीन दलबीचमा बैशाखको अन्तिमभित्रैमा स्थानीय तहको चुनाव गर्ने सहमति भइसकेको छ कुनै हालतमा पनि चुनावको तयारी रोकिनु हुँदैन ।’ जवाफमा प्रमुख आयुक्त यादवले सरकारको स्प्रीड अनुसार आयोगले काम गर्ने बताए । ‘खासमा चुनावको तयारी गर्न हामीलाई तीन महिनाको समय चाहिने हो, तर हामी सरकारको स्प्रीड अनुसार काम गर्न तयार छौं भरखरै रिक्त आयुक्तमा नाम सिफारिस भएको छ, सरकारले चुनावसँग सम्बन्धित कानुनहरुको संशोधन गरे काम गर्न सहज हुन्छ’ आयुक्त यादवले प्रधानमन्त्रीसँग भने । चुनावकै तयारीलाई लिएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त यादवलाई एक हप्ता अघि पनि भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending