Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुद्वारा शपथ ग्रहण

\"\"काठमाडौं, १२ माघ । नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले सम्माननिय प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री श्री पुष्प कमल दाहालको समुपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा यहि माघ ११ गते सपथ ग्रहण गरेका छन् । परिषद्मा दर्तावाल पशु चिकित्सक मध्ये दुई जना उपाध्यक्ष र पांच जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यहि २०७३ साल माघ २ गते काठमाण्डौमा सम्पन्न निर्वाचनबाट निम्नानुसारका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । नेपालमा पशु चिकित्सा व्यवसायलाई व्यवस्थित र मर्यादित रुपमा विकसित तुल्याउन पशु चिकित्सकहरुको योग्यता र विशेषज्ञता अनुसार नाम दर्ता गर्न समेतको लागि नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तरगत यो परिषद्को स्थापना भएको हो । परिषद्मा नेपाल सरकारबाट मनोनित, दर्तावाल पशुचिकित्सक (भेटेरिनरी डाक्टर)हरु मध्ेयबाट निर्वाचित र पदेन गरी ११ जना भेटेरिनरी डाक्टरहरु पदाधिकारी रहने व्यवस्था छ । नेपाल सरकारले कम्तिमा “क” श्रेणीका डाक्टरहरु मध्येबाट एक जना अध्यक्ष र दुई जना सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ । परिषद्मा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यसैगरि, नेपाल सरकारले परिषद्को प्रशासनिक प्रमुखको रुपमा एक जना दर्तावाल पशु चिकित्सकलाई परिषद्को रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ । उक्त शपथ ग्रहण कार्यक्रममा सम्माननिय प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री श्री पुष्प कमल दाहालज्यूले परिषद्मा निर्विरोध निर्वाचित हुनु भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै परिषद्को उद्देश्य पुरा गर्न मन, वचन र कर्मले समर्पित भै परिणाममूखि कार्य गर्न निर्देश गरे । मुलुकको आर्थिक सामाजिक विकास गर्नमा पशुपन्छी क्षेत्रको उल्लेखनीय योगदान भैरहेको र विकासको प्रचुर सम्भावना रहेको बताउनु भयो । विशेषगरी पशु चिकित्सा व्यवसायको आर्थिक र स्वास्थ्य क्षेत्रमा समेत अग्रणी भूमिका रहेकोले भेटेरिनरी डाक्टरहरुले आफ्नो पेशागत दक्षता, मर्यादा र क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए । शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि पशुपन्छि विकास मन्त्रालयमा चियापान गरिएको थियो । सचिवज्यूले परिषद्लाई खासगरी पशु स्वास्थ्य सम्बन्धि विषयमा विशेषज्ञ निकायको रुपमा कार्य गरेको, मन्त्रालय र परिषद् विच सौहादपूर्ण सम्बन्ध रहेको र आजको शपथग्रहण कार्यक्रम ऐतिहासिक भएको बताए । कार्यक्रमको उद्घोषण परिषद्का रजिष्ट्रार डा. नारायण प्रसाद घिमिरेले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending