Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

ओबामा विदेश नीतिलाई उल्ट्याए ट्रम्पले, टिपीपीबाट बाहिर निस्कने आदेशमा हस्ताक्षर

\"\"वाशिङ्गटन डिसी। नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका निर्णहरु धमाधम उल्ट्याउन शुरु गरेका छन् । ओबामा हेल्थकेयरलाई खारेज गरेपछि उनले “ट्रान्स प्यासिफिक पार्टनरशीप (टिपीपी)” बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । ओबामाको एशिया नीतिको केन्द्रका रुपमा मानिने यो सम्झौतामा १२ देशले हस्ताक्षर गरेका थिए । यो निर्णयसँगै ट्रम्पले बहुराष्ट्रिय व्यापार सम्झौताको युगको अन्त्य भएको घोषणा गरेका छन् । “पहिला अमेरिका” भन्ने नारा अन्तर्गत गरिएको यो सम्झौता रद्दको घोषणाले क्यानाडादेखि चिली र अष्ट्रेलियादेखि जापानसम्म अमेरिकी व्यापारको जालो प्रभावित हुने छ । यो निर्णयले अमेरिकी कम्पनीहरुले अमेरिका बाहिर कारखाना खोल्ने या व्यापार गर्ने सम्भावनामाथि प्रभाव पार्ने छ । ट्रम्पले भने अमेरिकामा उत्पादन गर्न छोडेर अरु देशमा जाने कम्पनीहरुलाई नियन्त्रण गर्न खोजिएको दावी गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले यो सम्झौतालाई “सम्भावित संकट” भन्दै यसले अमेरिकी उत्पादन क्षेत्रलाई नोक्सानी पुर्याएको दावी गरेका थिए । योसँगै ट्रम्पले “ठूलो मात्रामा” ट्याक्स घटाउने र विनियम कम गर्ने बताएका छन् । विदेशमा कारखाना हुने कम्पनीलाई भने निकै बढी कर लगाउने उनको घोषणा छ । यतिमात्रै होइन ट्रम्पले व्यापार जगतका ठूला १२ वटा कम्पनीहरुलाई आयातमाथि जरिवाना लगाउने समेत बताएका छन् । ट्रम्पले अमेरिकी कम्पनीले स्वदेशमा नै उत्पादन गर्नुपर्ने र विदेशबाट आयात हुने सामानमा कर लगाइने कुरा स्पष्ट गरेका छन् । कर्पोरेट करमा हाल लागु भइरहेको ३५ प्रतिशत करलाई १५ देखि २० प्रतिशतसम्म कमगर्ने र विनियममा ७५ प्रतिशत कटौत ीगर्ने उनले बताएका छन् । यसबाट अमेरिका र अन्य देशबीचको व्यापारमा गम्भीर संकट उत्पन्न हुनसक्ने र यसको असर विश्व अर्थतन्त्रमा नै पर्ने आँकलन गरिएको छ । के हो टिपीपी ? ५ अक्टुबर २०१५का दिन सम्झौता भएका १२ देशबीच व्यापार करमा छूट दिइने घोषणा गरिएको थियो । यो सम्झौतामा अमेरिका, जापान, मलेशिया, भियतनाम, सिंगापुर, ब्रुनई, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, मेक्सिको, चिली र पेरुले हस्ताक्षर गरेका छन् । यो सम्झौतको उद्देश्य यी देशहरुबीच आर्थिक सम्बन्ध बढाउने र विकासको गति बढाउने दावी गरिएको थियो । सन् २००५ मा बु्रनाई, चिली, न्यूजिल्याण्ड र सिंगापुरबीच भएको व्यापार सम्झौतालाई नै पछि १२ देशले हस्ताक्षर गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies