Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

थवाङमा दुई करोडको हल बनाउँदै विप्लव माओवादी

\"\"रोल्पा, ११ माघ । नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपा माओवादीले आगामी फागुन १ गतेदेखि रोल्पाको थवाङमा आठौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । बन्दसत्र सञ्चालनका लागि माओवादीले निर्माण गर्न लागेको करिब दुई करोड रुपैयाँ लागतको हल अन्तिम चरणमा पुगेको छ । फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी फागुन ४ देखि करिब एक सातासम्म रोल्पाको थवाङमा बन्दसत्र सञ्चालन हुने नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले बताए । एकसय ६५ फिट लम्बाइ र ४० फिट चौडाइको सो हलमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको बुढाले बताए । सहिद स्मृति हल नामाकरण गरिएको उक्त हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाका अतिरिक्त बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र बागलुङका झन्डै १८० भन्दा बढी नेता कार्यकर्ताले पाँचदेखि १० दिनसम्म श्रमदान गरेको बुढामगरले जानकारी दिए । महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरोको बैठक प्रयोजनका लागि तीनकोठे छुट्टै भवन समेत निर्माण भइरहेको छ । यसैगरि महिला र पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे पक्की शौचालय समेत निर्माण भइरहेको बुढामगरले जानकारी दिए । हल निर्माणको काम केन्द्रबाट सिधै भएको बताइएको छ । पार्टीका विभिन्न कमिटी, पार्टी सदस्य, शुभेच्छुकबाट सहयोग सङ्कलन तथा नेता कार्यकर्ताबाट श्रमदान गरी सो भवन निर्माण गर्न लागिएको नेकपा माओवादी, रोल्पाका सेक्रेटरी दलबहादुर खत्री जागृतीले बताए । वीर बलभद्र माध्यमिक विद्यालय थवाङको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात् संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई हस्तान्तरण गरिने बताइएको छ । वर्तमान सत्ताको केन्द्र काठमाडौंमा उद्घाटन गरी माओवादी जनयुद्धको केन्द्र थवाङमा बन्दसत्र गर्नु अर्थपूर्ण रहेको खत्रीले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending