Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युवाहरू ‘स्केट’ खेलप्रति आकर्षित हुँदै

काठमाडौँ,  अन्य खेलहरू जसरी प्रचलनमा आउन नसकेको ‘स्केट’ खेलप्रति पछिल्लो पटक युवाहरूको आकर्षण बढ्दै गएको छ ।

सरकार र सरोकार राख्ने सङ्घसंस्थाले फुटबल, भलिबल र क्रिकेटलाई जस्तै प्राथमिकता नदिँदा ओझेलमा परेको ‘स्केट’ खेलप्रति पछिल्लो समयमा आकर्षण बढ्दै गएको हो ।

स्केट खेललाई सरकार र अन्य निकायले चासो नदिइरहेको अवस्थामा युवालाई स्केट खेलप्रति आकर्षित गराउँदै सो खेलको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले युवाहरूको नेतृत्वमा ‘परिवर्तनका लागि युवा’ नामक संस्थासमेत स्थापना गरिएको छ । करिब तीन सय युवा स्वयम्सेवक रहेको संस्थाले स्केट खेलसम्बन्धी देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष जागृत पहाडीले जानकारी दिए ।

विसं २०७० मा स्थापना भएको सो संस्थाले स्केट खेलबारे सबैलाई सकारात्मक जनचेतना फैलाउन स्केट खेलसम्बन्धी विभिन्न अन्तक्र्रिया, गोष्ठी, पदयात्रा, ‘स्केट जाम’ लगायतका कार्यक्रमसमेत गर्दै आएको छ ।

अध्यक्ष पहाडीका अनुसार अन्य मुलुकमा स्केट खेललाई सरकारले नै प्राथमिकताका साथ अगाडि बढाएको हुन्छ तर नेपालले भने कुनै चासो नदेखाउनु दुःखको कुरा हो । परिवर्तनका लागि युवा नामक संस्थाले नेपाली युवालाई अन्तर्राष्ट्रिय स्केट खेल प्रतियोगितामा भाग लिन योग्य बनाउने उद्देश्य लिएको छ ।

स्केट खेल पार्क नभएको अवस्थामा सडकमा खेल खेल्दा दुर्घटना हुने र प्रशस्त मात्रामा अन्य खेलहरू हुँदाहुँदै स्केट खेललाई किन मान्यता दिने भन्ने मनसायले पनि सरकारले सो खेललाई मान्यता नदिएको हुन सक्ने स्केट खेलाडी सरोज नगरकोटीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending