Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्

\"\"पर्वत, २९ पुस । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ । पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन गर्न थालेका हुन् । वर्षायाममा रोकिएको उत्खनन कार्य नदीमा पानीको बहाव रोकिएलगत्तै पुनः सुरु भएको छ । जिल्ला विकास समितिले दिएको मापदण्डविपरीत नै हुने गरी कालीगण्डकीको बहाव परिवर्तन गरेर दैनिकजसो बालुवा, ढुङ्गा र गिटी उत्खनन गर्न थालेपछि स्थानीयवासीसमेत समस्यामा परेका छन् । जिविसले चालु आवका लागि कुल ७५ लाख २० हजार ?k}ofFमा ठेक्का सम्झौता गरेको थियो । दिनमा प्रहरी प्रशासनको आँखा छल्नका लागि मजदुरमार्फत खनिएको जस्तो देखाए पनि मध्यरातमा डोजर र एक्साभेटर लगाएर दोहन भइरहेको स्थानीयवासीले बताएका छन् । गत वर्ष पनि यसरी नै दोहन भए पनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि रोकिएको थियो । जिविससँग ठेक्का सम्झौता भए पनि सम्झौताविपरीत उत्खनन गरेको पाइएको स्वयम् जिविसले नै स्वीकार गरेको छ । स्थानीयवासीले रातिको समयमा उत्खनन गर्दा आसपासमा बसोबास गर्न समस्या भएको र सोही कारण वर्षायाममा पनि झन जोखिम बढ्ने भएकाले तत्काल नियन्त्रण गर्न माग गरेका छन् । क्षेत्रीय प्रशासक खगराज बरालले केही समयअघि रातिमा कालीगण्डकी दोहन गरेको गुनासो आएपछि स्थानीय प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएको बताP । प्रजिअ शम्भुप्रसाद मरासिनीले जिविस, प्रहरी र प्रशासनको टोलीले अनुगमन गरेको र जिविससँग भएको सम्झौताविपरीतका कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी जिविसलाई निर्देशन दिएको बताP । रातभरि डोजर लगाएर उत्खनन गर्ने, दिउँसो केही मजदुर लगाएर थुप्रो बनाएजस्तो गर्ने र पुनः रात परेपछि डोजर र ट्रिपरको सहायताले उत्खनन गर्ने कार्य भइरहेको स्थानीयवासी रेशम मल्लले जानकारी दिP । क्रसर व्यवसायी रामकृष्ण मल्लले जिविससँग सम्झौता भएबमोजिम नै ढुङ्गा, बालुवा, गिटी निकालेको बताP । जसले ठेक्का लिएका छन्, उसैले आफ्नै क्रसर उद्योगसमेत सञ्चालन गरेर विगत केही वर्षदेखि दोहनको शृङ्खला सञ्चालन गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: