Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मधेशी मोर्चा बिना निर्वाचन असम्भव : राणा

\"\"भक्तपुर, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संबिधान संशोधन गरि मधेसका जायजमाग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताएका हुन् । उनले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले भने, –अन्य देशमा नागरिकता प्राप्त गर्न जसरी बर्षौ लाग्छ त्यसरी नै नेपालमा लागु हुनुपर्छ , यो साह्रै खुकुुलो व्यावस्था भायो । ’ स्थानिय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए । दोस्रो जनआन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको बताउँदै उनले राष्ट्रियताको सवालला लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको बताए । संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए । उनले अब प्रचण्ड सरकारमा फेरबदल हुने भन्दै कमल थापा सरकारमा जान लागेको खबर आउँदा पनि तत्काल सरकार परिवर्तन नहुने बताए । भुकम्प पिडितहरुलाई उपलब्ध गराएको पचास हजार सबैले नपाएको र जग समेत हाल्न नपुग्ने भन्दै उनले तत्काल सरकारले छानो छाउन सक्नेसम्मको बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिए । उनले पिडितलाई राहत दिने भन्दा पनि सिओ परिवर्तन गरि आफ्नो लाभ लिने परम्परा गलत भएको बताए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending