Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

एकैघरका चार मिर्गौला पीडितलाई सहयोग

\"\"पर्वत, २८ पुस । एकै घरका चार सदस्य मिर्गौला रोगबाट पीडित बनेको परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । पर्वतको कुर्घा गाविस–२ को त्रिलोचन शर्माको परिवारलाई प्रवासी युवाले आर्थिक सहयोग गरेका हुन् । मिर्गौला पीडित परिवारका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको एकता युवा क्लब, पर्वतको संयोजनमा नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जनसम्पर्क समिति नेदरल्यान्डका पूर्वअध्यक्ष मनोहरि शर्मा र उपाध्यक्ष विष्णु पोखरेलको अगुवाइमा सङ्कलन भएको रु ६५ हजार पाँचसय १३ पीडित शर्मालाई हस्तान्तरण गरिएको छ । पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनीले सहयोग रकम बुधबार हस्तान्तरण गर्नुभएको हो । केही दिनपहिले जिविस पर्वतले रु ४० हजार सहयोग गरेको छ । सहयोग हस्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले पीडित परिवारका लागि सरकारी निकायबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको बताए । एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पीडित परिवारको घाउमा मल्हम लगाउन सहयोग सङ्कलन अभियान जारी राख्ने बताए । “अहिले सानो सहयोग सङ्कलन भएको छ”, उनले भने “यसलाई अभियानकै रुपमा अगाडि लैजान्छौँ ।” शर्माको परिवारका चारजना सदस्यको मिर्गौला फेल भएको छ । एक सन्तानको सोही कारणले ज्यान गइसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मिर्गौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा एउटा मात्र मिर्गौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिलेसम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधि खर्च चलाउँदै आएको बताए । “चार÷चार जनाको मिर्गौला प्रत्यारोपण र नियमित औषधि खर्च जुटाउन मुस्किल छ”, उनले भने, “सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन् ।” मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मिर्र्गाला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । “रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागेपनि रोग नलागोस् भनेर कामना गरिन्छ तर, मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बनेर आयो”, शर्माले भने, “परिवारका सबै सदस्य मिर्गौलाबाट पीडीत हुँदा घरबास उठ्यो ।” श्रीमती प्रेमकला पौडेलको अहिले डायलाइसिस भइरहेको छ । उनको मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको छ । “डायलाइसिसबाट सधैँ बस्न सकिँदैन”, त्रिलोचनले भने –“सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।” माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरेपनि सङ्क्रमण हुने र नियमित रुपमा औषधि खानुपर्ने समस्या छ । जेठो छोरा प्रकाशको २०६३ सालमा २६ वर्षको उमेरमा मिर्गौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मिर्गौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभावमा मृत्यु भयो । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending