Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

धान सुपरजोन परियोजनाले किसान उत्साहित

\"\"झापा, २६ पुस । पूर्वी–दक्षिणी झापाका छ गाविस धान सुपरजोन बनेसँगै यहाँका किसान उत्साहित बनेका छन् । वर्षमा एक पटक मात्र धान खेती गर्ने किसान अहिले चैते धान लगाउन कम्मर कसेर लागेका छन् । नेपालकै सबैभन्दा होचो स्थानमा रहेको गाविस केचना–९ का किसान बसन्तकुमार गणेश ७ बिगाहा क्षेत्रफलमा धानखेती गर्दै आएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका बसन्तकुमार यस पटक एक बिगाहामा चैते धान लगाउने सोचमा रहेका छन् । पुर्नाभिटा कृषक समूहमा आबद्ध उनी धान सुपरजोन घोषणा भएसँगै आफूमा चैते धान लगाउने सोच आएको बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको बनियानीमा भएको कार्यक्रममा आफ्नो कृषक समूहले सामसुङ कम्पनीको मोबाइल र एक थान सिमकार्ड पाएपछि समूहका किसानमा हौसला थपिएको उनले बताए । “हाम्रो ठाउँमा पाँचवटा कृषक समूह पहिलेदेखि नै थिए” उनले भने “परियोजना सुरु भएसँगै कृषक समूह गठन तीव्र बनेको छ ।” वसन्तकुमार मात्र होइन, केचना–९ का अर्का किसान सम्पतलाल गणेश पनि चैते धान रोप्ने सुरसारमा छन्। उनले तीन बिगाहामा हिउँदे धान लगाउँदै आएको बताए । पथरीया गाविस–९ की अगुवा महिला किसान दुर्गादेवी नेपाल पनि धान सुपरजोन कार्यक्रमले किसानमा ऊर्जा थपेको सुनाउँछिन् । “यहाँका किसानले मल, बीउ, कृषि मजदुरको समस्या झेलिरहेका छन्” किसान अगुवा नेपालले भने “परियोजनाले किसानमा आशा पलाएको छ ।” उनले किसानलाई ८० प्रतिशतसम्म अनुदान दिए परियोजना अझ प्रभावकारी हुने बताए । सोही स्थानका किसान शेरबहादुर खत्री पनि धान सुपरजोन घोषणा भएसँगै कम हौसियका छैनन् । उनले पनि यस पटक दुई बिगाहा क्षेत्रफलमा चैते धान लगाउने बताए । आफ्नो र अधिया गरेर उनी सात बिगाहामा धानखेती गर्दै आएका छन् । त्यस्तै, दुई बिगाहामा धान खेती गर्दै आएका पथरीया गाविसका किसान तेजमान बस्नेत परियोजनामा सहभागी हुने बताउँछन् । बालुबाडीका किसान पनि धान सुपरजोन परियोजना सुरु भएसँगै धेरै उत्साही बनेको बालुबाडी गाविसका नायब प्राविधिक सहायक प्रेम पोखरेलले बताए । “पहिले एउटा वडामा एउटा कृषक समूह पनि पाउन गाह्रो थियो”, सरकारले लागू गरेको एक गाउँ एक प्राविधिक कार्यक्रमअन्तर्गत खटिएका पोखरेल भन्छन्, “तर, अहिले एउटै गाउँमा ३/४ वटासम्म समूह बन्न थालेको छ ।” उनले यहाँ किसानलाई खाद्यान्न बालीसम्बन्धी प्राविधिक सहयोग दिँदै आएका छन् । बनियानी गाविसका किसान जत्तुलाल गणेश पनि चैते धान लगाउन तम्तयार भएका छन् । यसअघि हिउँदे धान लगाउँदै आएका उनी किसानमुखी कार्यक्रम आउँदा खुसी लागेको सुनाउँछन् । उनले तीन बिगाहा क्षेत्रफलमा चैते धान लगाउने तयारीमा रहेको सुनाए । यस क्षेत्रका किसानले चैते सिजनमा हुने हर्दीनाथ, डल्लेपुसा, चाइनापुसा लगायतका स्थानीय जातका धान लगाउँदै आएका छन् । यस क्षेत्रमा नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाट सिफारिस गरिएका चैते–२, चैते–४ र केन्द्रमा परीक्षण भइरहेको तेहरान र अन्य जातका धान लगाइने सुपरजोन कार्यान्वयन एकाइ बनियानीका प्रमुख मेघनाथ तिमल्सेनाले बताए । कम खनजोत र ब्याड नराखी सिधै धान रोप्ने प्रविधिको परीक्षणसमेत गरिने प्रमुख तिमल्सेनाले जानकारी दिए। झापाको पूर्वी–दक्षिणी ६ गाविस पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा यसै आर्थिक वर्षदेखि लागू भएको परियोजना समुदायमा आधारित छ । व्यावसायिक कृषिसम्बन्धी उक्त परियोजनाअन्तर्गत धानको ३।१५ उत्पादकत्व वृद्धि गरी ५।५ मेट्रिक टन प्रतिहेक्टर बनाउने लक्ष्यअनुरुप पहिलो वर्षका लागि सरकारबाट करिब रु पाँच करोड विनियोजन भएबाट अब परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending