Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

एक हुन्छन् माओवादी, अगुवाई गर्नुपर्छ प्रचण्डले : थापा

माओवादी आन्दोलन पुनर्गठन अभियान’ समेत घोषणा भइसक्यो, साँच्चै नै माओवादी आन्दोलन पुनर्गठन हुन लागेको हो त ? हो ! साँच्चै माओवादी आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्नुपर्ने आवश्यकता भैसकेको छ । जसको आवश्यकताबोध र सुन्दर सुरुवात ०७१  असार १ गते पाँच माओवादी घटक र तिनका मुख्य नेताहरूको उपस्थितिमा ‘कार्यगत एकता समिति’ मार्फत गरियो । आवश्यकता त त्यही कार्यगत एकता समितिलाई क्रियाशील पार्दै निरन्तरता दिनुपर्ने थियो । विडम्बना ! त्यसो हुन सकिरहेको छैन । तर, दोस्रो पिँढीका नेताहरूले पुनर्गठन अभियान सुरु गर्नुभएको छ, यो पनि राम्रो पहलकदमी हो ।
‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो । यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएन
तर यसले ‘गाडा अगाडि र गोरु पछाडि’ भन्ने नेपाली उखानलाई पुनस्मरण भने गराएको छ । आवश्यकता माओवाद मान्नेलाई मात्रै होइन, माओविचारधारा पक्षधरहरूलाई समेत एकताबद्ध पारेर लैजानु हो । यस्तो बेलामा माओवादी आन्दोलनका केही पक्षहरूलाई मात्रै समेटेर अभियान बनाउनु असल काम भए पनि गलत प्रक्रियाजस्तो देखिएको छ । आन्दोलनलाई पुनर्गठन गर्ने प्रश्न भनेको अङ्शको होइन, समग्रताको हो । आन्दोलनलाई गुटबाट होइन, समग्रताबाट हेर्नु पर्दछ भन्ने हाम्रो मान्यता छ । पुरानै सोच र प्रवृत्तिबाट मुक्त हुन नसकेको माओवादी नेतृत्वपङ्क्तिबाट आन्दोलनको पुनर्गठन सम्भव होला र ? प्रश्न माओवादी नेतृत्वको मात्र होइन; राष्ट्र, जनता र विचारको हो । हामीले ध्रुवीकरणको कुरा गर्दा नेताहरूलाई मात्रै हेरेर हुँदैन; श्रमजीवी जनतालाई हेरेर, देशको भविष्य हेरर प्रश्न गर्नु पर्दछ । र, विचार तथा राजनीतिलाई केन्द्रमा राख्नु पर्दछ । हो, तपाईंले प्रश्न गरेजस्तो माओवादी नेतृत्वको एउटा पङ्क्ति निश्चित रूपमा नवधनाढ्य वर्ग, सांस्कृतिक रूपमा भ्रष्ट र जनताको शत्रुपङ्क्तिमा उभिएको छ । तर, माओवादी आन्दोलनको विशाल पङ्क्ति अहिले पनि इमानदार छ, प्रगतिशील छ, देशभक्त छ र वामपन्थी छ । हाम्रो चासो त्यही इमानदार पङ्क्तिलाई गोलबन्द गर्नु र निराशालाई आशामा बदल्नु हो, प्रगतिशील आन्दोलनलाई पुनः अगाडि बढाउनु हो । इमानदार प्रवृत्ति अगाडि आयो भने बेइमान, धोकेवाज र नवधनाढ्य प्रवृत्ति कमजोर हुँदै जाने छ । हामी विश्वास गर्छौं, एक दिन सत्यकै विजय हुनेछ किनकि माक्र्सवादले सत्यको पक्ष लिन्छ । माओवादी आन्दोलनको पुनर्गठन र नयाँ ध्रवीकरणको सन्दर्भमा तपाईंकै पार्टीको धारणा चाहिँ के छ त ? माओवादी आन्दोलन आमूल परिवर्तनको आन्दोलन थियो तर नेतृत्वपङ्क्तिबाटै झाङ्गिएको विचलनका कारण त्यो आमूल परिवर्तनकारी आन्दोलन सामान्य सुधारवादी आन्दोलनमा गिर्दै गयो । विचलन र विभाजनका कारण एकपछि अर्को गर्दै जनयुद्धका सबैजसो उपलब्धिहरू गुम्दै गए । परिस्थितिले माओवादी पार्टीलाई जनयुद्धको महानता र जनताको सहभागिताबाट अलग्याउँदै लग्यो । ‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो ।
कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो ।
यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएन । दोस्रो, जनयुद्धका धारहरूलाई एउटै स्कुलिङको रूपमा बुझ्ने अनि यहाँभित्र अलगअलग प्रवृत्ति छन् भन्ने सोचाइलाई नै आम जनतामा स्थापित गर्न सकिएन । जनताले पनि हामी सबै घटकलाई एउटै ‘बास्केट’ का ‘खेलौना’ को रूपमा बुझ्ने अवस्था सिर्जना भयो । जनयुद्धका विरोधीहरू सकारात्मक उपलब्धिमाथि पानी खन्याउन सफल भए । अब जनयुद्धका सकारात्मक प्रवृत्तिहरूको रक्षा गर्ने प्रश्न कुनै ‘क’ माओवादीको मात्रै विषय रहेन । अतः समग्र माओवादी आन्दोलनले जनयुद्धको विचारको रक्षाका निम्ति झन्डा उठाउनुपर्ने परिस्थिति आयो । यही वस्तुगत धरातलमा टेकेर हामीले ध्रुवीकरण र रूपान्तरण भनेका हौं । र, यसैअनुरूप परिस्थितिको व्याख्या गरेका हौं । अहिले पनि माओवादी जनयुद्धको संस्थापन पक्ष एमाओवादी नै हो । जनयुद्धको नेता प्रचण्ड एमाओवादीकै नेतृत्वमा हुनुहुन्छ । यो एकता र जनयुद्धको उपलब्धिहरुको रक्षा पनि उहाँको पहलमा भयो भने सहज हुन्छ । मलाई लाग्छ उहाँ पनि तयार हुनुहुन्छ । तर उहाँले सच्याउन पर्ने केही सबालहरु छन् । प्रचण्डले रुपान्तरण आन्दोलनको नेतृत्व गर्नुपर्छ । उहाँले गर्दा सहज, संम्भव र मित्रतापुर्ण हुन्छ । अरुले गर्दा सहज हुँदैन र शत्रुतापुर्ण हुनसक्छ । हामी उहाँलाई रुपान्तरण सहितको नेता बनाउने अभियानमा छौं । तपाईंहरू ‘रूपान्तरणसहितको पुनर्गठन’ भनिरहनु भएको छ, के हो यसो भन्नुको खास तात्पर्य ? हो, हामीले माओवादी आन्दोलनमा ‘एकीकरण’ भन्दा ‘रूपान्तरण’ लाई प्राथमिकता दिएका छौं । रूपान्तरण र आत्मसमीक्षाविना माओवादी एकताको कुनै अर्थ छैन, त्यसरी त आन्दोलन पुनर्गठन सम्भव नै हुँदैन भन्ने हाम्रो मान्यता छ । ठोसमा के हो त तपाईंहरूले भनेको ‘रूपान्तरण’ ? हामीले भनेको रूपान्तरण प्रथमतः माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रोसँग पक्रनु हो । दोस्रो, शान्ति प्रक्रियामा आएपछि कतिपय माओवादी नेताहरू वर्गपरिवर्तन गरी नवधनाढ्य वर्गमा रूपान्तरण भए, कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो । र, सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउँदै नयाँ माओवादी आन्दोलन जन्माउनु नै ‘रूपान्तरण’ हो । हेर्दा सामान्य लाग्न सक्दछ तर व्यवहारमा जनयुद्धको स्पिरिटअनुरूपकै क्रान्तिकारी हस्तक्षेपविना यो सम्भव छैन । आजका सबैखाले माओवादीहरू सर्वहाराकरणसहित फेरि रूपान्तरण होलान् भनेर पत्याउनुहुन्छ ? यदि माओवादी आन्दोलनले सर्वहारा वर्गीय दृष्टिकोण र विचारलाई आत्मसात् गर्न सकेन भने त्यसको आत्माकै मृत्यु हुने छ । माओवादी आन्दोलनको आत्माको मृत्यु भयो भने त्यो ‘नयाँ एमाले’ हुने छ । माओवादी आन्दोलनलाई ‘नयाँ एमाले’ बन्नबाट जोगाउने आन्दोलन भनेकै रूपान्तरणको आन्दोलन हो । त्यसैले हामी जुनसुकै मूल्य चुकाएरै भए पनि सर्वहाराकरण सहितको नयाँ माओवादी आन्दोलन जन्माउने प्रयत्नमा छौं । विश्वास गरौं, त्यो सम्भव हुने छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले त अहिले भनिएजस्तो प्रक्रियाबाट पार्टी पुनर्गठन सम्भव छैन भनेको छ नि, कत्तिको सही हो त्यो धारणा ? विप्लवजीहरूको त्यो कुरा सही हो किनकि यही परिस्थितिमा र यही विधिबाट मात्रै माओवादी आन्दोलनको रूपान्तरण, ध्रुवीकरण र एकता सम्भवै छैन । तर, परिस्थितिलाई नयाँ आयाम दिने पहल गर्नुपर्छ, एकै ठाउँमा जुटेर छलफल गर्ने वातावरण बनाइरहनुपर्छ र सबैतिरबाट इमानदारितापूर्वक रूपान्तरण र ध्रुवीकरणको प्रयास अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तपाईं यसो भनिरहनुभएको छ तर तपाईंकै पार्टी र मातृका यादव नेतृत्वको माओवादीलाई त ‘पुनर्गठन अभियान’ मै सामेल गराइएको देखिएन नि ? अहिले हामी जुन विन्दुमा उभिएका छौं, यसले देखाउँछ कि हामीलाई ‘बाइपास’ गरेर गरिने ‘ध्रुवीकरण’ ले जनताबाट मान्यता पाउने अवस्था नै छैन । हामीले इतिहासमा गरेका सकारात्मक कार्यहरूको योग हो कि सानो अङ्शमा मात्रै किन नहोस्, हामी माओवादी आन्दोलनको क्रान्तिकारी प्रवृत्तिको प्रतिनिधित्व गर्छौं । त्यसैले हामीबिना एकता र ध्रुवीकरणको कल्पना कसैले गरेको छ भने त्यो व्यर्थको निरर्थक प्रयास मात्र सावित हुने छ । आजको माओवादी आन्दोलनका खास समस्या चाहिँ के–के हुन् त ? आन्दोलन विचलन र विघटनको दिशाबाट गुज्रेपछि त्यसलाई सम्हाल्न धेरै गाह्रो हुन्छ । यो कुरा विश्व इतिहासबाट पनि थाहा हुन्छ र हाम्रै नेपाली माओवादी आन्दोलनको इतिहासले पनि प्रमाणित गरिसकेको छ । माओवादी आन्दोलन अहिले नराम्रोगरी विचलित, विभाजित छ, विशृङ्खलित छ । मान्छेका आदर्शहरू भत्किएका छन्, बिम्बहरू चकनाचूर भएका छन्, आशाहरू मरेका छन् । तर बिग्रे–भत्केको खण्डहरलाई पुनर्निर्माण गर्नुलाई नै अहिले माओवादी आन्दोलनको पहिलो कार्यसूची बनाउनुपर्छ । यदि पहिला कार्यसूची कामयाबी भएन भने दोस्रो–तेस्रो हुँदै विकल्पहरू अगाडि आउने छन्, हामी माओवादीहरू कहिल्यै विकल्पविहीन हुँदैनौं । माओवाद र माओविचारधारा मान्नेहरूको एउटै कम्युनिस्ट केन्द्र बनाउने हाम्रो अवधारणा  हो । अहिले माओवाद सङ्कटमा छ त्यसैले माओवादलाई नै केन्द्रमा राखेर ध्रुवीकरण र रूपान्तरणको बाटोबाट अगाडि बढ्नु पर्दछ । प्रस्तुति : विदुर ढुङ्गेल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies