Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी !

[caption id=\"attachment_111316\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सल्यान, २२ पुस । पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो । गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहुँदा बस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपायासमेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् । पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिए । गाउँमा आउने न त कुनै पानीको स्रोत छ, नत बोकेर ल्याउने ठाउँ छ, यरीले भने । गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेका छन् । गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्, स्थानीय वीरबहादुर विकले भने । “पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ”, विकले बताए । बस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश विकले जानकारी दिए । “गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्,” उनले भने । “पानीकै लागि एकजना परिवारको सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ,” स्थानीय सुन्तली यरीले भनीन् । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: