Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मानसिक रोगी बढेपछि कारागारमा मनोसामाजिक अस्पताल बन्दै

\"\"ललितपुर, २२ पुस । नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ । २५ श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ । अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् । विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताए । अस्पताल बन्ने प्रक्रियामा भएपनि जिल्लाका कारागार र कैदीबन्दीले अस्पताल बनिसक्यो भन्ने सोचेर समेत आउने गर्छन् । उनी भन्छन्, “पाटनमा उपचार हुन्छ भनेर पठाउने त छँदैछ अस्पतालको जग खन्दै भएपनि धेरै कारागारले यहाँभित्रै अस्पताल बनिसक्यो भनेर समेत बिरामी कैदी पठाउँछन् ।” अस्पताल बनेपछि मानसिक रोगसँगै अरु रोग पनि यहाँबाट उपचार हुने अस्पतालले बताएको छ । कारागारका लेखा अधिकृत मित्रलाल शर्माले अस्पताल बनेपछि बिरामीलाई नियमित लगनखेलस्थित मानसिक अस्पताल पु¥याउनु नपर्ने बताए । उनले भने, “कैदीबन्दीले यहीँबाट नियमित उपचार पाउन सक्नेछन् ।” कारागारमा मानसिक रोगी धेरैजना भएपछि प्रशासनले दैनिक दुई÷तीन पटक गरेर उपचारका लागि लगनखेल पु¥याउँदै आएको छ । मानसिक रोगका लागि मानसिक अस्पताल र अरु समस्याका लागि पाटन अस्पताल वा वीर अस्पताल लैजाने गरिएको उनी बताउँछन् । धेरै खालका समस्या भएका मानसिक रोगी कारागारमा रहेको जेलर केसीले बताए । कतिपय उग्र खालका बिरामीलाई व्यवस्थापन गर्न आन्तरिक प्रशासन (कैदीबन्दीबाट नै बनेको) लाई समेत हम्मेहम्मे पर्ने गर्छ । प्रशासनले सुरक्षाकर्मी जुनसुकै समयमा तयार राख्ने गरेको छ । आफैँ पटकपटक आत्महत्याको प्रयास गरिसकेका मानसिक बिरामी यहाँ छन् । उनले भने, “धेरै उग्र बिरामीले अरुलाई समेत असर पु¥याउँछन् भन्ने डर हुन्छ ।” कतिपय बिरामीलाई नियन्त्रणमा राख्नका लागि धेरै जना लाग्नुपर्छ । नख्खु कारागारमा आएपछि मानसिक रोगको उपचार पाएर धेरै जना बिरामी निको भएका आन्तरिक प्रशासनका कर्मचारी बताउँछन् । कारागारबाटै मानसिक अस्पताल पुगेर र कारागारमा नियमित औषधि खाएर बिरामी सामान्य अवस्थामा फर्केको जेलर केसीले बताए। कारागारमा शान्त वातावरण र हावापानीले पनि मानसिक रोगी बिरामीलाई निको हुन सघाएको उनको दाबी छ । उनी भन्छन्, “पहिले यहाँ आउँदा कसरी थाम्ने भनिएकाहरु अहिले पूरै निको भएका समेत छन् ।” सरकारी नियमअनुसार ११५ जना क्षमताको नयाँ भवन गत वर्षदेखि सञ्चालनमा आएपछि कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको छ । कारागारमा २५० जना क्षमताका दुई ब्लकसमेत निर्माण हुने भएको छ । एकसयजना क्षमताको महिला कारागारको समेत काम अघि बढेको छ । अहिले यहाँ ६५० को हाराहारीमा कैदीबन्दी रहेको कारागारले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending