Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भूकम्पको बीस महिना बितिसक्दा पनि टहराकै वास

\"\"मेलम्ची, २० पुस । भूकम्पले घर भत्किएपछि अहिलेसम्म अधिकांश पीडितको रात कटाउने थलो भनेको टहरो र त्रिपाल नै बनेको छ । सिन्धुपाल्चोक जिल्लाको अधिकांश र विभिन्न ठाउँमा भाडामा बस्ने तथा घर भत्किएपछि भूकम्पपीडित गत वर्षजस्तै यसवर्ष पनि टहारामा चिसो काट्न बाध्य छन् । भूकम्पमा घर भत्किएपछि फटकशिलाका सुदिप घोरासैनीको परिवार अहिलेसम्म पनि पालमा नै छन् । सुत्केरी भएकी श्रीमती र बच्चालाई चिसोबाट जोगाउन उनलाई हम्मेहम्मे परेको छ । चिसो कारण बच्चा र सुत्केरी श्रीमतीलाई निमोनिया तथा चिसोबाट लाग्ने विभिन्न रोगबाट बचाउन मुस्किल परेको गुनासो पोख्छन् । भूइँको बास चिसोले अत्याधिक मार खेपेका पीडितसमक्ष भने अहिलेसम्म राज्यको आँखा पुग्न नसकेको भोटेचौर गाविस डाँडागाउँका रमेश चौलागाईँ बताउँछन् । सरकारले दसैँको मुखमा बाँडेको रु ५० हजारले गाविसका अधिकांशले दसैँ खर्च चलाएको भन्दै चौलागाईंले सरकारले एकमुष्ट रकम उपल्ब्ध नगराएसम्म पीडितले स्थायी आवास पुनःनिर्माण गर्न नसक्ने बताए । भूकम्पबाट विस्तापित भएर जिल्लाका अधिकांश वासिन्दा राजधानी गएका छन् । थातथलो मेटिएपछि शरण लिनका लागि राजधानी पुगेकी मेलम्ची नगरपालिका–१२ की गीता दाहालसहितको परिवार राजधानीको चुच्चेपार्टीमा बस्दै आएकी छन् । एउटा सानो रोजगारी पाएकी दाहाल आफ्नो सन्तानलाई शिक्षा दिनको लागि तथा गाउँमा बस्न घर नभएपछि राजधानीमा कोठामा बस्दै आएको बताउँछिन् । त्यस्तै हिमाली क्षेत्र भोटेनाम्लाङकी सम्झना भट्टराई पालमा बस्दै आएको २० महिना बितिसक्दा पनि घाम र पानीको कारण च्यातिएको त्रिपाल र टिनको छानामुनि जाडोको हावा छिर्ने तथा शीत पर्नै हँुदा निकै कठिन भएको गुनासो गर्छिन । आर्थिक स्थिति बलियो हुनेले भने सरकारको अनुदानबाहेक नै घर बनाएको भए पनि धेरैजसो न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन् । पहिलो किस्ताको रकमले घर बनाउनको लागि निर्माण गरिने जग समेत बनाउन पर्याप्त नहुने पीडितको गुनासो छ । कतिले भने दसँैको समयमा अनुदानको पहिलो किस्ताको रकम दिएकाले दसैँ खर्चको रुपममा अनुदानको रकम प्रयोग गरेकाले समेत अहिले आवास निर्माण हुन नसकेको बताउँदै आएका छन् । सरकारको अनुदानबाट आवास निर्माण गर्न नसकिने भएपछि अहिले जिल्लाको विभिन्न गाविसका भूकम्पपीडितले ऋण गरेरै भए पनि दिनरात खटेर भूकम्प प्रतिरोधात्मक घर बनाउनका लागि परेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: