Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

आफैले सार्वजनिक गरेको १९ बुदेँ कार्ययोजना कता हरायो ? (शिक्षामन्त्रीलाई पत्र)

शिक्षा मन्त्री ज्यू, तपाईले मन्त्रालय सम्हालेको ४ महिना बितेछ । मन्त्री भइसकेपछि ४२ औं दिनमा असोज २० गते तपाईले सार्वजनिक गरेको १९ बुदेँ तात्कालिन कार्ययोजना मेरो अगाडि छ । तपाई मन्त्री हुँदै गर्दा पूर्ववर्ति सरकारले पेश गरी संसदबाट पारित शिक्षा ऐन आठौँ संशोधन बिधेयक र खुल्ला बिश्वविद्यालय ऐन राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनका लागि नियामावली निर्माण गर्न मन्त्रालय आइपुगेको थियो । सापेक्षिक रुपमा अन्य मन्त्रिहरुलाई भन्दा अनुकुल वातावरण तपाईँलाई थियो । आफ्ना खास नेता गिरिराजमणि पोख्रेलको मन्त्रालयको बिरासत, पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, समुहका समेत नेता भनिने नारायणकाजी श्रेष्ठ सरकार संचालन संयन्त्रका संयोजक र अर्थमन्त्री महरा आफ्नै पार्टी नेता । त्यसबाहेक दर्जनौ नियुक्ति, विश्वविद्यालय र आयोगमा पूर्णता जस्ता चाखलाग्दा अवसर बोकेर तपाईँ जसरी मन्त्रालय छिर्ने कमैले मौका पाउथेँ । फेरि राष्ट्रिय राजनीतिमा खास चर्चामा नरहेको पात्र भए पनि पहिले बिद्यार्थी आन्दोलनमा काम गरिसकेको, इमान्दार र सरल नेताका हिसाबले तपाईँलाई स्नेह गर्नेहरु अलिक बढी नै आशावादी पनि थिए । यति भूमिका यसकारण बाधेँ कि, शिक्षा मन्त्रालयको नेतृत्वका यी मध्यदिनहरुमा दिनहरुमा तपाईँको प्राप्ताङ्क उर्तीणाङ्कतिर जाने देखिएन । [caption id=\"attachment_110680\" align=\"alignleft\" width=\"336\"]\"\" सन्तोष पनेरु[/caption] तपाईसँग खासगरि दुई अपेक्षा थियो । पहिलो कुरा पुर्ववर्ती मन्त्रिको १८ बुदेँ प्रतिबद्धता पत्रको जगमा शिक्षा क्षेत्रको आमुल परिवर्तनको नीतिगत नेतृत्व र संघीय संबिधानको मौलिक हकका रुपमा रहेको शिक्षालाई पुर्नसंरचना गरी समाजवादउन्मुख राष्ट्रिय शिक्षा नीतिका तय गर्न दिशानिर्देश गर्ने, सोका लागि आयोग निर्माण गर्ने, दोस्रो नियमावलीहरुलाई पूर्णता दिई कार्यान्वयनमा लैजाने । शिक्षामन्त्रीसामु आफैले प्रतिवद्धता गरेका शिक्षासम्म सम्बन्धित केही यक्ष प्रश्नहरु छन् । जसलाई बुँदागत रुपमा सोध्न चाहन्छु । १) १९ बुदेँ कार्ययोजनाको पहिलो बुदाँमा रहेको समाजवादउन्मुख राष्ट्रिय नीति निर्माण गर्न एक उच्चस्तरीय आयोग एक महिनाभित्र निर्माण गर्ने कार्यतालिका कता हरायो । आयोग निर्माणको बाधक को हो ? प्रधानमन्त्री प्रचण्ड वा सरकार सञ्चालन संयन्त्र संयोजक नारायणकाजी श्रेष्ठ वा आन्तरिक रुपमा शिक्षा मन्त्रालय हेरिरहेका पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल या तपाई स्वंयको असक्षमता ? २.कार्ययोजनाको दोस्रो बुदाँमा रहेको शिक्षा ऐन नियामावली कात्तिक २५ सम्ममा सम्पन्न गरिने भनिएकोमा मुस्किलले २ साता अगाडि सहमतिलाई अर्थ मन्त्रालय पठाइएको र झण्डै २६ अर्ब आवश्यक रकमको सहमति मागमा जम्मा १ अर्ब दिन अर्थ तयार रहेकाले नियमावली भ्रुणमै तुहिने खतरा रहेको छ । ऐन ल्याउँदाका नेतृत्वकर्ता पूर्वमन्त्रीले त अर्थमन्त्रीका नाममा पत्रै लेखि सरोकार ब्यक्त गरेका छन् । पत्र अर्थमन्त्रिका नाममा भए पनि पेट बोलीले बर्तमान शिक्षामन्त्रीको कार्यदक्षतामाथि समेत प्रश्न उठाएको छ । एकै पार्टीका प्रधानमन्त्री र अर्थमन्त्रि हुँदा पनि नियामावलीमा सहमति जुटाउने लबिङ गर्न नसक्नुको खास कारण के होला ? ३. तेस्रो बुदाँमा रहेको अलग अलग ऐन द्धारा संचालित विश्वबिद्यालयबीचमा समन्वय गर्न र उच्चशिक्षालाई प्रभावकारी बनाउने र उच्च शिक्षा विधेयक संसद लगिने कुरा मन्त्रीकै कोर टिममा एकमत हुन नसकेपछि यसै थन्किरहेको छ । यो विधेयेक टेबुल नहुनाको कारण के होला ? ४. बँुदा नं ४ को भूकम्प प्रभावित क्षेत्रका विद्यालय निर्माण अभियान कहाँ हरायो ? शिक्षा विभागले यस बर्ष भूकम्प प्रभावित ३१ जिल्लामा विद्यालय निर्माणको कुनै कार्यक्रम राखेन । मन्त्रालयकै सहसचिवको नेतृत्वमा रहेको सीएलपीयूले झण्डै ४ अर्वको बजेटका साथ एन्आएसँग समन्वय गरी सञ्चालन गरिने भनिएको विद्यालय पुनर्निर्माण अभियान यसै अलपत्र छ । अघिल्लो वर्ष पनि निर्माणको बजेट नपाएका जिल्ला र थप गरी ३१ जिल्लाका विद्यालय मन्त्रालयको मुख हेरि टोलाउदैछन् । प्राथमिकताका साथ निर्माण कार्य नहुनुको कारण के होला ? ५. बुँदा ५ मा रहेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन मन्त्रालयको कुनै चासो देखिदैन् । बरु बीचमा सिर्जित गोविन्द केसी अनसन र डिन विवादले उल्टै मन्त्रीको साख घटाएको छ । ६. बँुदा नम्बर ६ अनुसार ‘शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पुस्तक’ मिठै गफ बन्यो । यसै शैक्षिक सत्रको अन्तिम परीक्षाको तयारी सुरु हुँदै गर्दा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको छैन । आगामी शैक्षिक सत्रमा पनि समयै पुस्तक पुर्याउन जनक शिक्षाको सक्षम नेतृत्व चयन, कार्ययोजना मन्त्रिको प्राथमिकतामा छैन । अहिले जनक पुगेर तयारी हेर्दा यति कुरा निश्चिताका साथ भन्न सकिन्छ कि ७० प्रतिशत पुस्तक समेत समयमा तयार हुनेवाला छैन । नयाँ मेसिन किन्ने काम र सक्षम ब्यवस्थापकीय नेतृत्व छनौट किन गर्न गाह्रो परेको होला । ६ महिना भित्र टुङ्गो गर्ने भनिएको नेसनल क्वालिफिकेसन फेर्मवर्कको तीन महिना बितिसक्दा पनि सिन्को नभाँचिनुको कारण के होला । ८. बुँदा नम्बर १३ को प्राविधिक शिक्षाको बिस्तारको पहिलो गासँमै ढुङ्गो मिलेको छ । पोलिटेक्निक शिक्षालय निर्माणको नीतिगत निर्णय भएपनि बजेट र कार्यान्वयनबारे शंकाको स्थिति छ । सिटीईभिटी कार्यकारी नेतृत्वबिहिन छ । एक महिना हुँदा पनि सर्च कमिटीले सदस्यसचिवको नाम सिफारिस गरेको छैन् । परिषद्को बैठकमा मन्त्रीका एजेण्डा अस्वीकृत हुने स्थिति छ । मन्त्रीको प्रभावकारी कदमको बाटो हेरेका कर्मचारी हिस्स परेका छन् । परिषद्को मात्रै २७ सय बढी सम्बन्धनका १० औ वर्षदेखिका निवेदन र धरौटी अलपत्र छन् । पूर्वाञ्चल, पोखरा र टीयूका प्राबिधिक कार्यक्रमका सम्बन्धका लागी परेका निवेदनको चाङ पनि डर लाग्दो छ । तर यसलाई छिच्चोल्ने गरी नेतृत्व गर्न तपाईलाई कसले रोक्छ । मन्त्रिज्यु, ब्यक्तिगत रुपमा तपाईँको गृह जिल्लाबासी र तपाईँलाई श्रद्धा गर्ने पात्रको नाताले यति भने । सुनेका छौं आजकल प्रोत्साहन गर्ने प्रियजनहरुको पनि साथ छैन रे तपाईलाई । ख्याल राख्नु होला । यस्तो मिठो पक्कै होइन । तपाई सफल हुँदा तपाईको चर्चा र हाईहाई त पक्कै होला थोरै खुशी हामीलाई पनि मिल्ला तर तपाई असफल हुँदा बढी पीडामा हुनेछौं । नत्र मन्त्री बनेर नाम लेख्ने अनि दुई चार जिल्ला स–पत्नि घुमेर माला लगाउनुमै यो महत्वपुर्ण र छोटो समय नसकियोस् । काम गर्न नसकिने रैछ भने कारण खुलाएर बरु राजिनामा दिनुस् तर अकर्मन्य मन्त्रीको धब्बा तपाईलाई नलागोस् । शुभकामना
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending