Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दक्षिण एसियाकै अग्लो झरनाको अस्तित्व संकटमा

[caption id=\"attachment_110594\" align=\"alignleft\" width=\"560\"] ह्यात्रुङ झरना[/caption] तेह्रथुम, १८ पुस । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा निकै कम हुन्छ । झरनाको आसपासमा भएको पानी पनि स्थानीयवासीले अलैँची बगान तथा खेतबारी सिँचाइका लागि कुलोमा लगेका छन् । झरनाको शिरबाट सडक निर्माण भएपछि झरनामा पानी सुक्दै गएको स्थानीयवासी बताउँछन् । झरनाको करिब चार किलोमिटर माथिबाट म्याङलुङ–सक्रान्ति सडक निर्माण भएको छ । गतवर्ष झरनासम्म पुग्न सडक सुविधाका लागि ट्र्याक खोलिएको थियो । झरनासम्म पुग्न सकिने गोरेटो बाटोको समेत मर्मतसम्भार हुन सकेको छैन । झरना झरेको खोल्सीमा आधा मात्रै झरना देखिन्छ, बाँकी झाडी र रुख बुट्यानले छोपेको छ । झरनामाथिबाट सडक खनिएपछि सुक्दै गएको मुहानको समेत संरक्षण गरिएको छैन । पछिल्लो वर्ष स्थानीयवासीको मागबमोजिम जिल्ला विकास समितिको बजेटले झरना नियाल्न सकिने पुल निर्माण गरिएको छ । तर झरनामा पानी नै सुक्न थालेपछि हेर्न आउने आगन्तुक निराश भएर फर्कने गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारीस्तरबाट संरक्षण र प्रचारप्रसारमा ध्यान नहुँदा झरना ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ । तेह्रथुमका इसिवु र सम्दु गाविसको सीमा क्षेत्रमा अवस्थित ३६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम यो झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो । निजी तथा सरकारीस्तरबाट समेत कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको स्थानीयवासी नवीन चोङवाङले बताए । प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिनजसो सप्तरङ्गी इन्द्रेणीको दृश्य देखिन्छ । मौसम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृष्य अझ मनोरम देखिने स्थानीय इसिबु उच्च माविका प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending