Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एक दशकदेखि झुपडीमै विद्यालय सञ्चालन

  [caption id=\"attachment_81242\" align=\"alignleft\" width=\"1000\"]\"\" फाइल फोटो[/caption] कञ्चनपुर, १८ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हँुदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन् । विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत सुनवाइ हुन नसक्दा जीर्ण झोपडीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताए । “वर्षात्का बेला झोपडी पूरै चुहिने भएकाले विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ” उनले भने । राजनीतिक दलका नेतालाई भेटेर समेत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदा समेत वास्तानै नगरेको उनले बताए । विद्यालय सञ्चालनका लागि बनाइएका पाँच वटै झोपडी मर्मतको कार्य नहुँदा भत्कने खतरा समेत उत्तिकै रहेको अभिभावक तिलक खत्रीले बताए । अभिभावकले विद्यालयका निजी स्रोतमा कार्यरत चार जना शिक्षकको तलब मजदुरी गरेको पैसा सङ्कलन गरी व्यहोर्दै आएका छन् । एक जना शिक्षक मात्रै राहत कोटामा कार्यरत रहेका छन् । बस्तीका अधिकांशले मजदुरी गरी जीविका धान्दै आएकाले आर्थिक रकम सङ्कलन गरी विद्यालय भवन निर्माण गर्ने अवस्था नरहेको अर्जुन बोहराले बताए । बालबालिकालाई पढाउनका लागि अन्यत्र पठाउन समेत सकिने अवस्था छैन उनले भने “तीन किलोमिटर टाढाको विद्यालय जानका लागि बस्ती नजिकै खोला पर्ने भएकाले वर्षात्का बेला तर्न सकिने अवस्थानै छैन ।” बाध्य भएर झोपडीमै बालबालिकालाई पढ्नका लागि पठाउँदै आएको उनको भनाई रहेको छ । विसं २०६२ मा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झन्डै १०० बढी बालबालिका अध्ययनरत रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending