Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने, ‘कि सहमतिमा आउनुस नभए संसदमा उभिन तयार हुनुस’

[caption id=\"attachment_99993\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिमा आउन पुन : आग्रह गरेका छन् । प्रमुख दलबीचको सहमति र एकताबाट सजिलै सबै समस्यालाई निकास दिन सकिने बताउँदै प्रधानमन्त्रीले ओलीलाई वर्तमान समस्या समाधानका लागि सहमतिमा आउन आग्रह गरेका हुन् । संविधान संशोधन विधेयक संसदमा टेबल गरेलगत्तै निर्वाचनको मिति घोषणा हुने बताउँदै प्रधानमन्त्रीले सदनमा जारी अवरोध हटाउन समेत आग्रह गरेका थिए । ‘संविधान कार्यान्वयनका लागि तोकिएकै समयसीमाभित्र निर्वाचन गर्नुपर्ने आवश्यकता छ, मधेसी मोर्चा, आदिवासी जनजाति, थारु लगायतलाई पनि समेटेर निर्वाचन जानका लागि संशोधन अनिवार्य शर्त हो, त्यसकारण जारी समस्या समाधानको बाटोमा तपाई हामी अघि बढ्नैपर्छ । त्यसैले म सरकारको नेतृत्वकर्ताको हैसियतले तपाईले जारी समस्या समाधानका लागि सहमतिमा आउन फेरि आग्रह गर्न चाहन्छु’ आइतबार बिहान भएको भेटवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ओलीलाई गरेको आग्रहलाई उदृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई संसदमा जारी अवरोध हटाउन जिम्मेवारीपूर्ण ढंगले भभूमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए । संसदलाई लामो समयसम्म बन्धक बनाउन नहुने बताउँदै प्रधानमन्त्रीले संशोधन प्रस्तावलाई छलफललाई लैजाने बाटो प्रशस्त गराउन आग्रह गरेका थिए । ‘संसदलाई लामो समयसम्म बन्धक बनाएर राख्नुहुन्न, तपाईले पनि जिम्मेवार ढंगले भूमिका निर्वाह गरिदिनुपर्यो, संशोधन प्रस्ताव फेल गराउनुस्, तर छलफलमै लैजान नदिने काम चाहिँ नगर्नुस्, यो मेरो विनम्र अनुरोध छ’ प्रधानमन्त्रीले ओलीसँग भनेका थिए । तर ओलीले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदमा अवरोध जारी राख्ने अडान दोहोर्याएका थिए । उनले प्रस्ताव फिर्ता भएपछि मात्रै छलफलको बाटो खुल्ने बताएका थिए । ‘संशोधन प्रस्ताव फिर्ता लिए मात्रै छलफलको बाटो खुल्छ, फिर्ता नभएसम्म हामी अवरोध जारी राख्छौँ, तपाईहरु केके गर्न सक्नुहुन्छ गर्नुस्’ ओलीले प्रचण्डलाई भनेका थिए । ओलीको जवाफलगत्तै प्रचण्डले सोमबारको बैठकमा प्रस्ताव टेबल हुने जानकारी गराएका थिए । जवाफमा ओलीले प्रस्ताव टेबल गर्ने गल्ती नगर्न सरकारलाई सुझाउँदै जबर्जस्ती गरिए प्रतिवाद गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले भने मधेसी मोर्चा र कांग्रेससँग प्रस्ताव टेबल गर्ने सहमति भइसकेको बताउँदै सहमतिमा आउन फेरि आग्रह गरेका थिए । प्रधानमन्त्रीले सोमबार सरकारले जसरी पनि प्रस्ताव टेबल गर्ने बताउँदै सोमबार असम्भव भए बुधबारसम्म जसरी पनि प्रस्ताव टेबल हुने दावी गरेका थिए । ‘तपाईहरु सहमतिमा आउने छाँटकाँट छैन, म फेरि पनि सहमतिमा आउन आग्रह गर्छु, सोमबार नभए बुधबारसम्म प्रस्ताव जसरी पनि टेबल हुन्छ, कि सहमतिमा आउनुस् नभए संसदमा उभिन तयार हुनुस्’ प्रधानमन्त्रीले ओलीलाई भने । आइतबार भएको भेटका क्रममा प्रधानमन्त्री र ओलीबीच कुनै सहमति हुन नसकेको ओलीनिकट स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने अोली र प्रधानमन्त्रीबीचको भेटबारे अनविज्ञता प्रकट गरे । यसअघि सभामुख ओनसरी घर्तीमगरले दलहरुबीच सहमतिका लागि दिएको समयसीमा पनि सकिएको छ । संसदमा जारी अवरोध हटाउन सभामुखले दलहरुलाई दिएको समय सहमतिबिनै गुज्रिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending