Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सिन्धुपाल्चोकमा मानवअधिकार हननका २६ घटना

मेलम्ची, ११ पुस । सिन्धु\"\"पाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । सार्वजानिक गरेको तथ्याङ्कमा भने राज्यको तर्फबाट भएको मानव अधिकारसम्बन्धी घटना समावेश छैन भने कालीका गाविसस्थित उखुबारीमा भएको घटनाको तथ्य सङ्कलन गर्न बाँकी रहेको समेत जानकारी दिएको छ । मानव अधिकार हनन भएका २६ पीडितमध्ये २३ महिला र तीन पुरुष रहेका छन् । मानव अधिकार हनन गरेको आरोप आठ महिला र २७ पुरुष गरी ३५ जनालाई लगाइएको मानव अधिकारकर्मी नातीबाबु धितालले जानकारी दिए । मानव अधिकार हनन भएको घटनामा संलग्नमध्ये १९ वटा आरोपीलाई कानुनी कारबाही गरिएको छ भने छवटा मिलापत्र गरिएको छ । चार वटा हत्या, बाल अधिकार हननसम्बन्धी सात वटा, महिला अधिकारसम्बन्धी १४ वटा, कुटपिटसम्बन्धी तीन वटा र एउटा आगजनीबाट जम्मा २९ रहेको इन्सेकले जनाएको छ । नागरिकको स्वास्थ्य अधिकार पनि जिल्लामा सन्तोषजनक नभएको तथ्याङ्कमा उल्लेख छ । बाल विवाह सिन्धुपाल्चोकको मुख्य चुनौतीको रुपमा रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य सोम सापकोटाले बताए । त्यस्तै महिला र पुरुषको एउटै काम भए पनि ज्यालामा हुने विभेद र अन्य क्षेत्रमा समेत पछि पारिएको सापकोटाले जानकारी दिए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: