Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

इसाई धर्मावलम्बीहरु ‘क्रिसमस डे’ मनाउँदै

\"\"काठमाडौं, १० पुस । इसाई धर्मावलम्बीहरु आइतबार क्रिसमस डे मनाइरहेका छन् । क्रिश्चियन धर्मका प्रर्वद्धक येशु ख्रीष्टको जन्मोत्सवका दिन डिसेम्बर २५ तारिखमा विश्वभरका इसाई धर्मालम्वीहरुले क्रिसमस डेका रुपमा मनाउने गरेका हुन् । उनीहरुले एकआपसमा शुभकामना आदान प्रदान गरी क्रिसमस डे मनाउँछन् । नेपालमा पनि इसाई धर्मावलम्बीहरुको संख्या बढ्दै जाँदा क्रिसमस डेको महत्व बढाइँदै गएको छ । इसाई धर्मालम्वीहरुले नजिकैको चर्चमा भेला भई आज क्रिसमस शुभकामना आदान प्रदान गरिरहेका छन् । नेपालमा आठ हजार ५ सय चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको सरकारी तथ्याङ्क छ । राजधानीका होटलहरुमा शनिबारदेखि नै क्रिसमस डेको रमझम चलिरहेको छ । क्रिसमसको अवसर पारेर राष्ट्रिय ख्रिष्टियन महासङ्घले राष्ट्रिय नाँचघरमा आइतबार दिउँसो बिशेष कार्यक्रम आयोजना गरेका छन् । क्रिसमस डे का अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । अघिल्लो सरकारले भने क्रिसमस डेको सार्वजनिक विदा कटौती गरेको थियो । को हुन् सान्ता क्लस ? सान्ता कलस जो सय वर्ष अगाडि सेन्ट निकोलसका नामले चिनिन्थे भनी विश्वास गरिन्छ । सेन्ट निकोलसको जन्म २८० एडी मा टर्कीको पटरा भएको हो । सेन्ट निकोलसको जन्म जिससको निधन भएको २८० वर्षपछि भएको मानिन्छ । उनले बाल्यकालमा नै आमा बाबु गुमाएका थिए । सानैदेखि उनी यशुप्रति आस्था राख्थे । ठूलो भएपछि उनी इसाई धर्म गुरु बनेका थिए । उनी उनको दयाभावका कारण सवैको प्रिय पात्र रहेको कुरा पौराणिक कथाहरुमा पाइन्छ । उनले आफ्नो सम्पूर्ण लगाव, धन, सम्पति सवै त्यतिबेलाका गरीब, असहाय र विपन्नहरुका लागि खर्चिएका थिए । सेन्ट निकोलसको कथाबाट अर्को उनको अनुकरणीय कार्य के देखिन्छ भने उनले आफ्नै बाबुबाट दाइजोसहित बिवाह गरेको भन्दै दासको रुपमा बेचिएका तीन जना गरिब दिदीबहीनीहरुको उद्धार गरेका थिए । जसका कारण धेरै वर्षसम्मको निकोलसको प्रसिद्धि बालबालिकाहरुको संरक्षकको रुपमा रह्यो । सान्ताले केटाकेटीहरुका लागि खेलौनाहरु लिएर आउने भएकाले केटाकेटीहरुले पनि औधि मन पराउँथे । अहिले पनि केटाकेटीहरु सान्तालाई निकै मन पराउँछन् । हरेक डिसेम्बर ६ मा उनको सम्झना मनाउने गरिन्छ । परम्परागत रुपमा डिसेम्बर ६ लाई भाग्यशाली दिन अर्थात सवैका लागि विवाह स्वीकार्य भएको दिनको रुपमा लिइन्छ । त्यस मानेमा सेन्ट निकोलस युरोपका साथै विशेषगरी उनी हल्यान्डमा निकै चर्चित रहेका छन् । होल्याण्डमा उनी सिन्टर क्लस उपनामले चिनिन्थिे । क्रिसमससँग कुनै सम्बन्ध नरेका सान्तालाई परमेश्वरले पठाएको दूत भन्ने पनि विश्वास गरिन्छ भने कतिपयले सान्ता क्लस येशुका पिता भएको समेत बताउँछन् । त्यसकारण क्रिसमस डेका दिन उनको सम्झनामा विश्वकै इसाई धर्मावलम्बीहरु बालकदेखि वृद्धसम्म सेतो बोर्डरमा रातो रंगको कपडा लगाउँछन् । सान्ताले जिंगल बेल गीत गाउँदै सेतो बोर्डरमा रातो रंगको कपडा लगाउने भएकाले उनीजस्तै बन्न इसाई धर्मावम्बीहरु क्रिसमस डेम यस्तो कपडामा रमाउन चाहन्छन् । सान्ताको सेता लहलहाउँदो दाह्री भएकाले कतिपयले उनको जस्तै नक्कली सेतो दाह्री बनउने गर्दछन् । तुर्किमिनिस्तानको मीरा नामक शहरमा सन्त निकोलासको नामबाट सान्ता क्लसको नाम राखिएको मान्यता छ । इसाको चौथो शताब्दीमा सान्ता क्लस प्रचलनमा आए । उनको भेषमा सन्तहरूले गरीब र असहाय बच्चाहरूलाई उपहार दिने गर्थे । हिजोआज भने क्रिसमस डे सान्ता क्लसमय हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending