Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

५ नं. प्रदेश पुगेर रायमाझीले भने, 'म पार्टी र अध्यक्षको निर्देशन मान्छु'

\"\" काठमाडौं, ९ पुस । सरकारले  संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सडकमा  देखिएका माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले पार्टी अध्यक्ष प्रचण्डको आदेश पालना गर्ने बताएका छन् । शनिबार दाङको घोराहीमा माओवादी केन्द्रले गरेको प्रशिक्षणमा प्रचण्डपछि बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता रायमाझीले भने, ‘अध्यक्षले धेरै कुरा भनिसक्नुभएको छ । यसमा मेरो बिमति छैन । तपाईहरुलाई थाहा छ, पाँच नम्वर प्रदेशमा आन्दोलन छ, म पनि आन्दोलनमा छु । पार्टीभित्र वादविवाद, बिमति हुन सक्छन् । तर, त्यसलाई हामीले रुपान्तरणको विधिबाट हल गर्छाैं । म पार्टी र अध्यक्षको निर्देशन बाहिर जान्न । अध्यक्षको आदेश पालना गर्न म तयार छु, यसमा तपाईहरु ढुक्क हुँदा हुन्छ ।’ प्रशिक्षणमा प्रचण्डले टोपबहादुरजीले सडकको मोर्चा सम्हाल्नु भएको छ भन्ने कुरातर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘अध्यक्षले टोपबहादुरजीले सडकको मोर्चा सम्हालिरहेको छ भन्नुभयो । हो, मैले सडकको मोर्चा सम्हालेको छु । जनता सडकमा छन्, यसलाई कसैले दुरुपयोग गरेर साम्प्रदायिकतामा नलैजाओस् भन्ने मेरो चाहना छ । संघीयता पनि कार्यान्वयन हुने जनमत पनि जोगाउने मेरो प्रयास हो । अरु मेरो केही छैन, विवादले रुपान्तरणमा लैजान्छ, म रुपान्तरणकै पक्षमा छु र हुनेछु ।’ प्रशिक्षणमा रायमाझीले संसद अवरुद्ध गर्नु अराजनीतिक कदम भएको टिप्पणी गरे । रायमाझीले भने, ‘अध्यक्षले भनिसक्नु भयो, कि प्याकेजमै सहमति कि विधि, योभन्दा अर्को बिकल्प छैन । सदन अवरुद्ध गरेर संविधान संशोधन र निर्वाचन रोक्नु हुँदैन । संसद विधिमा चल्न दिनुपर्छ, अलोकतान्त्रिक तरिकाद्धारा समस्याको हल हुँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending