Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

तिवारीलाई सहिद घोषणाको लागि सिफारिस

\"\" -शिव डुम्रे 
बुटवल, ६ पुस ।युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई सहिद घोषणाको लागी जिल्ला सुरक्षा समिति रुपन्देहीले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
पुष ५ गते भएको सहमति अनुसार नेकपा एमाले र युवा संघ नेपालसहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिबीच सहिद घोषणा गर्ने, दुवै पक्षले गम्भीर छानबीन गरी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्ने, सुरक्षाको प्रत्याभूति दिने जस्ता विषयमा सहमति भएपछि मात्र तिवारीको शब परिवारसहित पार्टीले बुझेको थियो ।
शब बुझेपछि शब बुटवल बजारमा शब परिक्रमा गरिएको थियो । शबयात्राका क्रममा गरिएको शोकसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले तिवारीको हत्या एमालेको राष्ट्रवादी आन्दोलनकै निसाना भएको बताउँदै अपराधिलाई कडाभन्दा कडा कारबाहीको लागी राज्यले पहल गर्नुपर्ने बताए ।
उनले एमालेमा हजारौं तिवारीहरु जन्मनेछन् भन्दै अपराधि मानसिकता भएकाहरु एमालेलाई कहिल्यै हत्या गर्न नसक्ने बताए । युवा नेताको मृत्युमा निकै कडा भएका उनले राज्यलाई चुनौति दिदैं तिवारीको हत्यारालाई कानुनी कठघरामा उभ्याउन नसके सरकारमा बस्ने नैतिकता नभएको उनको जिकिर थियो ।
त्यस्तै शोकसभामा बोल्दै अर्का नेता घनश्याम भुषालले कुनैपनि हालतमा दुर्गाको हत्यारालाई कानुनी कठघरामा उभ्याईछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शोकसभामा अर्का नेता युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले एउटा सम्भावना भएको युवा नेताप्रति लक्षित गरि गरिएको यो घटना सबै युवाहरुको लागी चुनौति भएको बताए । सभामा युवा संघका रुपन्देही सचिव नकुल शाहीले दिवंगत तिवारीको राजनीतिक जीवनी सुनाएका थिए ।
¥यालीमा उपस्थित हजारौं जनताहरुले दुर्गा तिवारी अमर रहुन भन्दै शोक व्यक्त गरेका थिए पुष्पलाल पार्कबाट सुरु भएको शवयात्रा उनको निवास देवदहसम्म पु¥याईएको थियो । पार्थिव शरिरको अन्त्येष्टी भने भोलीमात्र हिन्दु परम्पराअनुसार नै देवघाटमा हुने स्रोतले बताएको छ ।
तिवारीको पुस ४ गते सोमबार बेलुका साढे ३ बजे देवदह खैरेनीमा गोली हानि हत्या गरिएको थियो । तिवारीको हत्यामा संलग्नकोे आशंकामा रुपन्देही प्रहरीले ३ जना पक्राउ समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending