Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विप्लवनिकट अखिल (क्रान्तिकारी) शैक्षिक संघर्षमा

\"\" नवलपरासी, ६ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा(माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पछिल्लो समय शैक्षिक संघर्षमा लागेको छ । शैक्षिक क्षेत्रमा देखिएका विकृत विंसगति तथा शिक्षाको व्यापारीकरण र दलालीकरणको अन्त्यसहित समान र सर्वसुलभ शिक्षाको लागी भन्दै संघर्षअन्तर्गत शैक्षिक संघर्षको उद्घोष गरेको संगठनले पछिल्लो समय केही शैक्षिक संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने देखी छलफल गर्ने, आन्तरिक व्यवस्थापन तथा शुल्क घटाउन माग गर्ने गरेको छ । यसैविच नवलपरासीको कावासोतिस्थित सिटिईभिटिको मान्यताप्राप्त कलेजले मनोमानी गरेको भन्दै आज १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । कलेज प्रशासनमा भौतिक पूर्वाधार, आवश्यक सम्बन्धित बडापत्र, सिटिईभिटीले तोकेको भन्दा माथि शुल्क लिने, विद्यार्थीहरुसँग अनावश्यक बहानामा पैसा उठाउने, कालिगण्डकी सामुदायिक अस्पतालबाट सञ्चालित कालिगण्डकी सिएमए, एनम तालिम केन्द्रमा गर्न, शिक्षकहरुलाई उचित र तहअनुसार सेवासुविधा दिन, कलेजको दादागिरी अन्त्य गर्न लगायतका मागहरुसहित १६ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष शिव डुम्रेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा मागहरुलाई २४ घण्टाभित्र पूरा नगरी बेवास्ता गरिएमा संगठनले जस्तो सुकै संघर्ष गर्न बाध्य हुने र सो घटनाको जिम्मेवार स्वंयम कलेज प्रशासन नै हुनेसमेत चेतावनी दिईएको छ । स्मरण रहोस् केही दिन अगाडीमात्रै कुमारवर्ती क्याम्पस, कावासोतीमा गरिएको शुल्कबृद्धिविरुद्ध संघर्ष गरेको संगठनले गत पुष ५ मात्रै शुल्क घटाएर सहमति गरेको थियो । अध्यक्ष डुम्रेका अनुसार संगठनले सबै पब्लिक क्याम्पस, सिटिईभिटी मान्यताप्राप्त कलेजहरु, प्याब्सन, एनप्याब्सन तथा ईम्बोक्स सहित जिल्ला शिक्षा कार्यालयलाई ध्यानाकर्षण गरेर आफूहरुले शैक्षिक संघर्ष अगाडी बढाएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending