Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पदक र पुरस्कारको मोहमा नफस्न प्रगतिशील लेखक संघको अपिल

\"\"काठमाडौं, ६ पुस । प्रगतिशील लेखक संघले साहित्यकारहरु पदक, पुरस्कार र सम्मानको मोहमा नफस्न अपिल गरेको छ । मंसिर ५ गते नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित साहित्यकार नरेन्द्रराज प्रसाईको अन्र्तवार्ताप्रति आपत्ति जनाउँदै संघले जारी गरेको विज्ञप्तिमार्फत सर्जकहरुलाई यस्तो आग्रह गरेको हो । विज्ञप्तिमार्फत संघले अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले प्रदान गर्दै आएको पुरस्कार, पदक र सम्मानको चयन विधि, औचित्य र प्रयोजनप्रति गम्भीर असहमति जनाएको छ । संघका अध्यक्ष मात्रिका पोखरेल र महासचिव आर एम डङ्गोलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ ।’ संघले ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको बताएको छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, सम्मानित व्यक्तिकै प्रतिष्ठामा आँच पुरयाइनु दुःखद कुरा रहेको संघको ठम्याइरहेको छ । सो अन्र्तवार्तामा प्रसाईंले कतिपय मर्नुअघि पुरस्कार पाए हुन्थ्यो भन्दै उनी भएको ठाउँमा जाने गरेको बताएका थिए। उनले अन्र्तवार्तामा भएका थिए, ‘कतिपय ‘मर्नुअघि पुरस्कार पाए हुन्थ्यो’ भनेर आउँछन्। कतिपय ‘पैसा तँ खा, पुरस्कार मलाई दे’ भन्छन्। कतिपय ‘पैसा मै हाल्छु, सम्मान दे’ पनि भन्छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending