Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तयार भयो स्थानीय तह पुनःसंरचना प्रतिवेदन

\"\" काठमाडौं, ५ पुस । निर्धारित समयभन्दा झण्डै दुई महिना ढिला गरी स्थानीय तह पुनःसंरचना प्रतिवेदन तयार भएको छ । ठूलो विवाद र रस्साकस्सीकाबीच तयार गरिएको प्रतिवेदन गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बुधबार सरकारलाई बुझाउने तयारी गरेको छ । स्थानीय तह पुरर्संरचना सम्बन्धि प्रतिवेदन तयार गर्न नसकेको भन्दै प्रमुख तीन दलले पुरानै संरचनाअनुसार स्थानीय निर्वाचन गर्नेबारे छलफल चलाइरहँदा संविधानअनुसार नयाँ संरचनामा गाउँपालिका, नगरपालिकाको संख्या र सीमा निर्धारण गरी आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो । यसअघि आयोगले ५ सय ६५ स्थानीय तहको संख्या निर्धारण गरेपछि विवाद भएको थियो । प्रमुख दलहरुबीच नै विवादपछि तीन दलको सहमतिमा सरकारले जिल्ला विकास समितिको पुरानै इलाकालाई आधार मानेर संख्या निर्धारण गर्न आयोगलाई निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि अधिकतम ७ सय ४४ स्थानीय तहको मापदण्ड बनाएको थियो । सोही मापदण्डअनुसार आयोगले ७ सय २० को सेरेफेरोमा स्थानीय तह रहने गरी १६ पृष्ठको प्रतिवेदन तयार गरेको आयोग स्रोतले बताएको छ । आयोगले मंगलबार नै प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरे पनि प्रधानमन्त्रीको ब्यस्तताका कारण बुधबार प्रतिवेदन बुझाउन लागिएको हो । प्रदेश नम्बर २ का ८ जिल्लामा भएको विवादका कारण आयोगले प्रतिवेदन पूर्णता दिन ढिलाई भएको हो । ८ जिल्लाको प्रतिवेदन तयार भएपछि प्रतिवेदन सरकारलाई बुझाउन लागिएको हो । स्थानीय स्वायत्त शासन प्रणालीको मर्म र भावनाअनुरुप वित्तीय, प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा स्थानीय तहलाई अझ सुदृढ र सक्षम तुल्याउन आवश्यक सुझावसमेत प्रतिवेदनमा समेटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending