Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

१८ वर्षदेखि ५० वर्षकालाई पनि प्रहरीमा सेवा गर्ने अवसर

\"\"काठमाडौं, ५ पुस । नेपाल प्रहरीमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहकाले पनि सेवा गर्ने अवसर पाउने भएका छन् । यो उमेर समूहका नागरिकले स्वयंसेवी प्रहरी भएर काम गर्न पाउने भएका हुन् । महानगरीय स्वयंसेवक प्रहरी परिचालनसम्बन्धी निर्देशिकाअनुसार नै स्वयंसेवी प्रहरी विस्तार गरिने भएको छ । प्रहरीले देशभरी नै स्वयंसेवक प्रहरी विस्तार गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा तत्कालै स्वयंसेवक प्रहरी भर्ना गरिने भएको छ । गत मंसिर ४ गतेको गृहमन्त्रायको बैठकले स्वयंसेवक प्रहरी विस्तार गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचना निकालेर स्वयंसेवी प्रहरी भर्ना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले गठन गरेको परिचालन समितिले स्वयंसेवक प्रहरी छनोट गर्नेछ । स्वयंसेवक प्रहरीले आवश्यक सेवा सुविधासमेत प्राप्त गर्नेछन् । स्वयंसेवक प्रहरी स्थानीय तहको सुरक्षासम्बन्धी छलफलाक साथै अपराध रोकथाम, महिला, बालबालिका तथा वृद्धको सुरक्षा र ट्राफिक व्यवस्थापनजस्ता कार्यमा सहभागी गराउन सकिनेछ । निर्देशिकाअनुसारस स्वयंसेवक प्रहरीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्नुका साथै परिचयपत्र र पोसाक प्राप्त गर्नेछन् भने निश्चित अवधिपछि प्रमाणपत्रसमेत प्राप्त गर्नेछन् । प्रहरी आचरणविपरीत क्रियाकलाप गरेमा वा जिम्मेबारी वहन गर्न असक्षम भएमा र फौजदारी अभियोग लागेमा भने हटाउन सकिने व्यवस्था निर्देशिकामा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending