Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अष्ट्रेलियाले पीआरका लागि सार्वजानिक गर्यो एसओएल लिष्ट , नेपालबाटै एप्लाई गर्न सकिने

\"\"काठमााडौं, ५ पुस । अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले आर्थिक वर्ष २०१६–२०१७ का लागी दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल) सार्वजनिक गरेको छ। अष्ट्रेलियाले सार्वजनिक गरेको स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) यही वर्ष २०१६ को १ जुन एक देखि लागु भएको छ । अष्ट्रेलियाको लागि यो दक्ष पेशाको सूचि मात्र हो भने अष्ट्रेलिया बसाईं सर्न चाहनेका लागी यो पीआर लिस्ट नै हो। जसमा योग्यता पुगेका व्यक्तिले कम पैसा खर्च गरेर नै अष्ट्रेलिया माइग्रेट हुन सक्छन्। विद्यार्थी भिजामा अष्ट्रेलिया आउनु र पीआर लिनु भन्दा निक्कै सजिलो र कम खर्चको हुने भएकाले धेरैले यसलाई माध्यम बनाउने गरेका छन्। नेपालबाट नै सिधै अष्ट्रेलियाको पीआर लिएर आउनेहरूले यही सूचि र पेशाको आवश्यकता अनुसारको प्रक्रिया अपनाएर आउने हुन्। आर्थिक तथा व्यवसायिक एवं करिअर विकास, सामाजिक सुरक्षा साथै गुणस्तरिय जीवनयापनको अवसरका कारण नेपालबाट अष्ट्रेलिया आउनेको संख्या वर्षेनी बढ्दो क्रममा छ। यसले नेपालमा सामाजिक, मनिवैग्यानिक साथै पारिवारिक संरचना नै हल्लाएको छ। के हो एसओएल ? स्किल्ड अकुपेसन लिस्ट (एसओएल) भनेको अष्ट्रेलियाको अर्थतन्त्रलाई गतिशील राख्नका लागी आवश्यक दक्ष जनशक्ति र पेशाको सूचि हो। अष्ट्रेलियाले हरेक वर्ष उसको अर्थतन्त्रको गती, जनशक्तिको अवस्था र भविष्यको आँकलन गरेर आर्थिक वर्ष २०१६(२०१७ को लागी दक्ष जनशक्ति आप्रवासन (माइग्रेसन) कार्यक्रम अन्तर्गत यस्ता सूचिमा रहेका पेशाका दक्ष मानिसहरूलाई विश्वका विभिन्न देशबाट अष्ट्रेलियामा स्थायी बसोबासका लागी आउने अनुमति दिन्छ। केहि वर्ष अष्ट्रेलियामा बसेपछी र केही प्रक्रिया पुरा गरेपछी उनीहरूले अष्ट्रेलियाको नागरिकता समेत पाउँछन्। यो सूचिमा रहेका पेशामा आवद्ध मानिसहरूले अष्ट्रेलियाको पीआर (स्थायी बसोबास अनुमति) पाउनका लागि निवेदन दिन सक्छन्। त्यसका लागी उनिहरूले अष्ट्रेलियन रोजगारदाता वा राज्य सरकारहरूको नामांकन(नोमिनेसन) हासिल गर्नु पर्दैन। व्यक्तिले आफ्नो दक्षता र क्षमताको आधारमा पीआर पाउने भएकाले अष्ट्रेलियामा अध्ययनको लागी आउने वा अष्ट्रेलियामा रहेका विद्यार्थीहरूले यो सूचिमा रहेका पेशा सम्बन्धि विषय पढ्ने वा अरू विषयमा पढ्नका लागी नेपाल (आफ्नो देश)बाट आएको भए विषय परिवर्तन गरेर सूचिमा रहेका पेशा सम्बन्धीत विषय रोज्ने गर्दछन्। कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) अष्ट्रेलियाको प्वाईन्ट बेस (अंकमा आधारित) माइग्रेसन (आप्रवासन)को एउटा अंगको रूपमा लिइन्छ। यदी दक्ष जनशक्ति आप्रवासन (माइग्रेसन) कार्यक्रम अन्तर्गत अष्ट्रेलियाको पीआर आवेदन अष्ट्रेलियन राज्य तथा टेरिटरी सरकारको नामांकन (नोमिनेसन) मार्फत गर्न लागेको हो भने त्यसका लागी तपाईंको पेशा सिएसओएल सूचिमा हुनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending