Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भूकम्पबाट ध्वस्त विद्यालय भवन धमाधम निर्माण हुँदै

सिन्धुपाल्चोक, ५ पुस । भूकम्पले ध्वस्त भएको जिल्लाको विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा अहिले जिल्लाका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् भने दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ । जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी सङ्घ सुनकोसी तथा महिला आत्मनिर्भरताको समन्वयमा पाँचवटा विद्यालय पुनःनिर्माण भइसकेको छ भने बाँकी निर्माण प्रक्रियामा छन् । विसं २०१८ सम्ममा जम्मा ३१ विद्यालय बनाउने उद्देश्य रहेको कारितास स्विटजरल्यान्डका राष्ट्रिय निर्देशक बन्र्ड सेफरले जानकारी दिए । विद्यालय निर्माणको कार्यमा सक्रिय रहेको बताउँदै सेफरले विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाको हेलम्बु, दुवाचौर, इचोकलगायत सात गाविसमा पाँचवटा सामुदायिक विद्यालय निर्माण गरिसकेको जानकारी दिए । निर्माण कार्य सम्पन्न भएका पाँच विद्यालय र निर्माणको चरणमा रहेको १० विद्यालय गरी जम्मा ३१ विद्यालय निर्माण गर्ने लक्ष्य रहेको सेफरले बताए । रु डेढदेखि पाँच करोडको लगानीमा कारितास स्विटजरल्यान्ड, महिला आत्मनिर्भरता केन्द्र र टुकी सङ्घ सुनकोसीको समन्वयमा भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपाङ्गमैत्री भवन समेत निर्माण गरिएको कारितासले जनाएको छ । भूकम्पपछि लगत्तै कारितास स्विटजरल्यान्ड, टुकी सङ्घ सुनकोसीलगायतका सङ्घसंस्थाले जिल्लाको विभिन्न क्षेत्रमा पक्की भवन बनाएर सहयोग गर्दै आइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभयो । भवन सँगसँगै हेल्भेटास नेपाललेको सहयोगमा विद्यालयमा खानेपानीको सुविधा समेत दिएको छ । विद्यालय नजिका सबै स्थानीयलाई समेत खानेपानीको सुविधा उपलब्ध गराएको हेल्भेटासले ट्याङ्की निर्माण गरेर खानेपानीको सुविधा थपिदिएको हो । विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहान गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिमलगायतका विभिन्न कार्याक्रम संचालन गरिरहेको टुकी सङ्घ सुनकोसीका कार्याक्रम संयोजक निराजन चौलागाईंले बताए । सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भूकम्पपछि आधारभूत विद्यालय ४११ माध्यमिक विद्यालय १३१ गरी जम्मा ५४२ विद्यालय रहेका छन् । विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लामा जम्मा एक हजार ८२७ कक्षाकोठा बन्न लागेका छन् । जसमध्ये ४१० वटा कक्षा कोठा निर्माणाधीन रहेको र बाँकी ७७० कक्षाकोठा बन्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । शिक्षा कार्यालयका अनुसार अहिले आठ हजार २३२ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको छ । आधारभूत कक्षा सञ्चालनको लागि चार हजार १२, र माध्यमिक तहको लागि चार हजार २२० कक्षाकोठा निर्माण हुनुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending