Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निजी सम्पत्तिबारे मेरो बास्तविकता

पोखरामा पत्रकार साथीहरुले पनि सम्पत्ति विवरणकै बारेमा सोध्नु भएको थियो । अरुको भन्दा हाम्रो पार्टी र हाम्रा नेताहरुको स्थिति फरक छ भनेर मैले भनेको छु । हामी शान्ति प्रक्रियामा आउँदै गर्दा केन्द्रीय कमिटीबाट के निर्णय गरेर र लागू गरेर आएका हौं भने हामी नेताहरुका हकमा (नेताहरुका अरु परिवारका सदस्यहरुको हकमा होइन) ब्यक्तिगत सम्पत्तिहरु पार्टीलाई बुझाउने, पार्टीकरण गर्ने भनेर आएका हौं । सोही अनुसार नै हामीले सम्पत्ति पार्टीलाई बुझाएका हौं । मानिसहरुलाई त यो कुरा पत्याउन गाह्रो पनि लाग्न सक्छ । एक ढंगले प्रशिक्षत भएका, एक ढंगले हुर्किएका मानिसहरुलाई सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाउने, पार्टीकरण गर्ने भन्ने कुरा अनौठो लाग्न पनि सक्छ । तर यो वास्तविकता हो । मैरै कुरा गर्ने हो भने, मसँग पहिला चितवनको शिवनगरमा डेढ विघा जमिन थियो । [caption id=\"attachment_96309\" align=\"alignleft\" width=\"279\"]\"\" पुष्पकमल दाहाल ‘प्रचण्ड’[/caption] मैले छोराछोरीको अंशबाहेक हामी बुढाबुढीकै कुरा गर्ने हो भने त्यो चाँही हामीले सबै पार्टीकरण गरेका हौं । त्यो जग्गा बेचेर पार्टीलाई बुझाएको स्थितिबाट हामी आएको हो । जे बाँकी छ त्यो पनि र अहिले मैले जे उपभोग गरेको छु त्यो पनि सबै पार्टीकै हो । त्यसकारण मेरो ब्यक्तिगत सम्पत्ति भनेर मैले कहिल्यै पनि जम्मा गर्नेतिर सोंचिन पनि । हिजो जनयुद्धको बेलामा होस् वा शान्ति प्रक्रियामा आएपछि पनि । म पहिलोचोटी शान्ति प्रक्रियामा आएर सार्वजनिक रुपमा मेरो पहिलो संशोधन खुलामञ्चबाट गर्दा पनि मैले यो कुरा भनेको छु । ब्यक्तिगत सम्पत्ति हामीले राखेका पनि छैनौं र हामी लिडरशिपमा भएकाहरुले नराख्ने भनेर घोषणा गरेका छौं । सायद नेपालको राजनीतिक आन्दोलनमा कम्यनिष्ट आन्दोलनमा यसले एउटा नयाँ संस्कारमा ब्यक्त गरेको छ भनेर मैले भनेको थिएँ । अहिले पनि मेरो कुरा त्यही नै हो ।

मैले राज्यकोषबाट पाउने तलब सिधैं बैंकमा जाने गरेको कुरा साँचो हो । मैले घडी लगाएकै छु । कपडा पनि लगाएकै छु । गाडी पनि चढेकै छु । यो सबैलाई मैले बुझ्दा र मेरो निम्ति अन्तिममा सबै छोडेर पार्टीमा बुझाउनेबाहेक मसँग केही पनि छैन । 

अहिले प्रधानमन्त्रीको हैसियतले वा सांसदको हैसियतले राज्यकोषबाट आफ्नो सबै खर्च चलाउँछु या केही छ भने पार्टीको छ, पार्टीको सम्पत्तिको रुपमा छ । ब्यक्तिगत सम्पत्तिको रुपमा हामीे राखेका छैनौं । मैले राज्यकोषबाट पाउने तलब सिधैं बैंकमा जाने गरेको कुरा साँचो हो । मैले घडी लगाएकै छु । कपडा पनि लगाएकै छु । गाडी पनि चढेकै छु । यो सबैलाई मैले बुझ्दा र मेरो निम्ति अन्तिममा सबै छोडेर पार्टीमा बुझाउनेबाहेक मसँग केही पनि छैन । ब्यक्तिगत सम्पत्तिको रुपमा मैले राखेको छैन । यो पनि पार्टीकै हो, पार्टीले जुन दिन तैंले घडि फुकालेर दिनु पर्यो भन्यो भने म दिन्छु । जुन दिन म जिम्मेवारीमा हुन्न, त्यतिबेला मेरो सम्पत्ति लिएर जान्छु म भन्दिन । यो कुरा नेपाली समाजले, नेपाली जनताले, सबै राजनीतिज्ञहरुले देख्ने नै कुरा हो । (सिधाकुरा प्रधानमन्त्रीसँग टेलिभिजन कार्यक्रममा ब्यक्त विचार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending