Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

‘अधुरो सपना’को लोकार्पण

\"\"काभ्रे, २ पुस । उपन्यासकार हरि कटुवालको उपन्यास अधुरो सपनाको लोकार्पण गरिएको छ । शनिवार काभ्रेको सदरमुकाम धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार युवराज नयाँघरे र प्रमुख कार्यकारी अधिकृत वासुदेव भेटवालले संयुक्त रूपमा कटुवालको उपन्यास लोकार्पण गरेका हुन् । मीडिया सोलुसन प्रा.लीको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, राधेश्याम लेकाली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष नारायण सापकोटा र पत्रकार ईश्वरीराजकुमार मैनाली लगायतले उपन्यासमाथि समिक्षा गरेका छन् । हाल पाचखाल नगरपालिकाको कार्यालय काभ्रेमा कार्यरत आख्यानकार कटुवालको यो पहिलो कृति हो । युवराज नयाँघरेले पहिलो उपन्यास भएपनि हरि कटुवालले उपन्यासमा उठाएको विषयवस्तु विशिष्ट, यथार्थपरक भएको र पठनीय रहेको बताए । ‘मैले बुझेको उपन्यासके उठान जहाज जस्तो हुनपर्छ, जुन यसमा पाएको छु ।’ नयाँघरेले थपे ‘उपन्यासको लेखनमा उठान्, बहाव र बैठान तीन वटा नै पक्ष यसमा पाएँ ।’ यसरी सफल भएँ उपन्यास लेख्न : उपन्यासकार स्कुले जीवनदेखि नै साहित्यतर्फ विषेश अभिरुची हुँदाहुँदै पनि विभिन्न समस्याका कारण मेरा साहित्यिक सिर्जनाहरु डायरीका पानाभित्र सिमित थिए । धेरै सयम पश्चात काठमाडौँ आएपछि २०६४ सालमा मधुपुर्क र मातृभमी मासिकमा मेरा कविताहरु प्रकाशित हुने मौका मिल्यो । केही गिती कविताहरुलाई एल्बमको रुपमा निकाल्न प्रयत्न गरेतापनि विविध समस्याले निकाल्न सकिन । तत् पश्चात लगभग ८ वर्ष जति साहित्यको दुनिँयाबाट म टाढा भएँ । तर त्यो समयमा पनि मेरो मनभित्र साहित्यिक तरंगहरु निरन्तर उठिरहन्थे । कथा, कविता छालहरु निरन्तर मस्तिष्कमा मडारी रहन्थे । मैले यो साहित्यिक दुनियाँबाट टाढा रहन ति तरंगहरुलाई निरन्तर रोकीरहे । संयोगवस भनौँ या भाग्यले डो¥याएर भनौँ २०७१ सालमा पौष महिनामा लोकसेवा आयोगको तयारी गर्न किताब खोज्ने क्रममा लोकसेवा आयोगको लाइबेरीमा अंग्रेजी उपन्यास ‘द गुड अर्थ’को नेपाली रुपान्तरण ‘कल्याणी धर्ती’ पढ्ने मौका मिल्यो । एकजना चिनीयाँ ग्रामीण किसानको मुख्य कथा रहेको त्यो उपन्यास एकदमै अदभुत लाग्यो, जसले मेरो साहित्यक मनलाई अझ तरंगित गरिदियो । आख्यान विधातर्फ मेरो साहित्यक भोक अझ जगाईदियो । जसको फलस्वरुप २०७२ सालको भूकम्पको केही अघिदेखि मैले मेरो मस्तिष्कमा उठेका साहित्यिक ज्वारभाटाहरुलाई रोक्न सकिन । मेरा भावना र तरंगका छालहरुले दिमागको बाँधलाई फुटाएर कलमको निभबाट कागजका पाना निरन्तर सिंचत भैरहे जसको फलस्वरुप अधुरो सपना उपन्यास लेखिन गयो । समाजमा घटेका सामाजिक आर्थिक र राजनैतिक अन्य विविध घटनाले मन छोयो जसको फलस्वरुप यस उपन्यासले पूर्णता पायो । सामाजिक सन्देशमुलक यस उपन्यासमा मुख्य गरेर सहिद, विधवा र सन्तनीको संघर्षपूर्ण जीवन यात्रालाई विषय बस्तु बनाएको छु । उपन्यास कलेजका युवा–युवतीको प्रेम प्रसंग, राजनैतिक प्रशासनिक विसंगतीहरु स्वास्थ्य क्षेत्रका समस्याहरु, ग्रामीण महिलाका कथा–व्यथा, शहरिया नवधनाढ्य वर्गको यौन विसंगती, महत्वकांक्षालाई समेटेको छु । साहित्य अथाहा महासागरमा एउटा भर्खर तैरिन सिक्दै गरेको मान्छे म अदम्य साहस बटुलेर हामफालेको छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending