Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मुसहर ,थारु तथा बोेटे समुदायको उपचार स्थल बन्यो अमलटारी स्वास्थ्य केन्द्र

नवलपरासी, २ पुस । नवलपरासीका मुसहर,थारु तथा बोटे समुदायका लागी अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचार गर्ने प्रमुख थलो बनेको छ । बिशेष गरी जिल्लाको करिब ८० कि.मी र पूर्ब पश्चिम राजमार्गबाट करिब ७ किमी टाढा रहेको अग्यौली ५ हाल कावासोती १४,१५ र १६ बाघखोरमा स्थापना गरिएको अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र अमलटारी मध्यवर्ती क्षेत्र जुन बिशेष गरि बन्य जन्तु र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र आसपासमा बस्न मुसहर,थारु तथा बोटे समुदायका लागी स्वास्थ्य उपचारको दृष्टिकोणले निनै भरपर्दो माध्यम बन्न सफल भएको हो । डब्लु डब्लु एफ तराई भूपरिधि कार्यक्रम , अमलटारी मध्यवर्ती उपभोक्ता समिति, स्थानिय जनसमुदाय र नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको संयुक्त लगानी र सहयोगमा सन् २०१३ मे मा स्थापना गरिएको उक्त सामुदायीक स्वास्थ्य केन्द्रमा दैनिक रुपमा सोहि समुदायका करिब १० देखी २० जना सेवाग्राहीहरुले यौन ताथा प्रजनन् स्वास्थ्य सेवा लिदै आएका छन् । स्वास्थ्य उपचार सेवा पहुँचबाट टाढा रहेका मुसहर,थारु तथा बोटे समुदायका लागी यो सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचारका लागी लोकप्रिय माध्यम बन्न सफल भएको हो । सामुदायीक स्वास्थ्य केन्द्र स्थापना भएसँगै यहाँका स्थानीयहरुलाई स्वास्थ्य उपचारमा निकै सजिलो समेत भएको छ । परिवार नियोजन संघले यस स्वास्थ्य केन्द्र मार्फत दिन र रातको समय सेवा दिदै आएपछि यहाँका स्थानीय निकै लाभान्वित भएका हुन् । बिशेष गरी पर्यटकीय क्षेत्रमा बिकास उन्मुख मानिएको यस आसपासका जनताले सामुदायीक स्वास्थ्य केन्द्रको स्थापना सँगै स्वास्थ्य उपचारमा निकै सहजता भएको छ । यसका लागि स्थानीयले पनि सहयोग गर्दै केन्द्रमा थप सेवा बिस्तार गरिने तयारी गरिएको केन्द्रका व्यवस्थापन समितीका संयोजक छन्नुराम महतोले बताए । यस सामुदायीक स्वास्थ्य केन्द्रले हाल अस्थिाई परिवार नियोजन सेवा , गर्भवती महिलाको जाँच र उपचार, सुत्केरी पश्चात जाँच , किशोर किशोरी हरुको लागि यौन तथा प्रजनन् स्वास्थ्य , सामान्य स्वास्थ्य जाँच र उपचार, लैंगिकतामा आधारित हिंसा परामर्श र अन्य उपचार लगायतका सेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ भने संस्थालाई दिगो बिकासका लागी औषधी मात्र खरिद मूल्यमा नै बिक्रि बितरण सेवा उपलब्ध गर्दै आएको क्लिनिक संचालक अ.न.मी हेमा महतोले जानकारी दिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: