Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एसिड प्रहारमा परेकी संगीतालाई पत्र

बहिनी संगीता, तिम्रो स्वास्थ्य लाभको कामना, काठमाडौंमा दुई युवतीमाथि एसिड छ्याप्ने जीवन वि.क पक्राउ यो शीर्षकले तिमीलाई त्यो दिन धेरै नै आनन्द महसुस गरायो होला हगि ? तिमीमाथि एसिड आक्रमण भएको २५ दिनपछि जब आक्रमणकारी पक्राउ परे, तब शहरमा एक प्रकारको खुशीयाली नै छायो । सबै मानिसहरू उनलाई गाली गर्न तिर लागे, सबै तिम्रो पक्षमा बोले, कतिले त आक्रमणकारीलाई फाँसी दिनुपर्छ पनि भने । हुन त तिमी माथि भएको आक्रमण निकै जघन्य हो तर यसको कारण तिमी आफैं पनि हौ । यो कुरा तिमी आफैंले पनि मान्नुपर्छ किनभने आक्रमणको बिजारोपण अरू कसैले नभइ तिमी आफैंले गरेकी हौ । \"sangita_magar\"संगीता, तिमीलाई ट्युसन पढाउने गरेको जीवनले कर्के नजरले हेर्ने गरेकाले ऊसंगको बोलचाल नै बन्द गरेको भन्ने दाबी सञ्चारमाध्यममा छ्याप– छ्याप्ती आयो । तर जब जीवन पक्राउ परे तब तिमीले भनेका यी कुरा झुठो भएको भनि प्रमाणित भयो । तिम्रो र जीवनको प्रेम सम्बन्ध रहेको भनि सार्वजनिक भएको खबर व्यापक भएपनि तिमी र तिम्रो परिवारले झुठो भएको भनि दाबी गर्‍यो । एक टिप्पणीकारले जीवनका बुवा– आमासंग अन्तर्वार्ता लिनुभयो तब जीवनका बुवा– आमाले आफ्नो दर्दनाक कहानी कहनु भयो । गाउँबाट छुवाछुतको दाग मेटाउनलाई काठमाडौं बसाईं सरेका मानिसहरूलाई तिमीले निकै आघात दियौ जुन आघातको नतिजा तिमी माथि भएको एसिड आक्रमण हो । तिमीले उहाँहरूलाई थरको विषयलाई लिएर नै बेइज्जत र आक्रमण गर्‍यौ । तिमीले त अहिले एस. एल. सी पनि दिइसकेकी छौ यति हुंदा हुदै पनि तिमीले जातपातको नाममा जीवनको बुवालाई कुट्ने र परिवारलाई पनि आक्रमण गर्ने गर्‍यौ । खासमा भन्नुपर्दा सजायँ सबैभन्दा पहिले जीवनलाई भन्दा पनि तिमीलाई दिनुपर्ने हो । छुवाछुत र जातको आधारमा हुने गरेको भेदभावलाई त नेपालको कानुनले पनि गैरकानुनी भनेको छ । तर बिडम्बना तिमीमाथिको आक्रमणलाई ठूलो विषय बनाएर धेरैले तिमीमाथि माया देखाए, तिम्रो साथ दिए । नेपालको कानुनले बन्देज लगाएको कुरालाई फलो गर्दै हिंड्ने तिमीलाई यत्रो आड, भरोसा र न्याय मलाई अलिक अपच्य लागेन । तिमीले न्याय पाउँछ्यौ भने जीवनमाथि तिमीले गरेको आक्रमणको न्याय पाउनुपर्छ या पर्दैन । यदी तिमी जीवनको ठाउँमा भएको भए तिमीले यसैगरि सोच्न सक्छौ ? तिमी आफूले त ‘न्याय पाएँ’ भन्छ्यौ होला तर तिमीले पाएको न्याय त खाली मत्स्य न्याय हो । अहिले तिमी जीवनभन्दा माथि छ्यौ किनभने तिमीले सबैको आड, भर र ममता पाइरहेकी छ्यौ यसले नै तिमीलाई सत्यबाट अलग बनाइदिएको छ । तिमी अहिले सत्य र झुठ, न्याय र अन्याय केही छुट्याउन सकिरहेकी छैनौं । मैले जीवनको पक्षमा बोलेको होइन न त म तिम्रो पक्षमा नै छु म त कानुनको पक्षमा बोलिरहेको छु तर यसको अर्थ म कुनै कानुनविद् पनि होइन । मैले त खाली मलाई लागेको कुरा तिमीलाई भनेको हुं । तिमीलाई सत्यताको आभाष गराउनलाई यो कुरा लेखेको हुं । तिमीलाई मत्स्य न्यायको जालबाट बाहिर निकाल्न मात्रै खोजेको हुं । अब अरू सबै तिम्रो विचार तर एउटा कुरा ख्याल गर बहिनी, तिमीले अहिले बोलेको झुठले जीवनको मात्रै होइन धेरै मान्छेलाई आघात पुर्‍याएको छ । आज शक्ति र समर्थन तिमीसंग छ भने त्यो भोली जीवनतिर पनि पुग्न सक्छ त्यसैले झुठ र भ्रमको दलदलबाट निस्किएर यथार्थमा बाँच्न सिक । तिम्रो एस.एल.सी परिक्षाको नतिजा राम्रो आओस् भन्ने शुभकामना र मैले भनेका कुराको बारेमा केही टिप्पणी गर्न तिमीलाई आग्रह गर्दछु । तिमीले नचिन्ने तर तिमीलाई चिन्ने, विशेष हाम्रो केही प्रत्यक्ष सम्बन्ध छैन तर नेपाली हुनुको सम्बन्धले बहिनी भन्ने दाजु, बिनोद प्रसाद अधिकारी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending