Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जोमसोम–पोखरा जिप सेवा सुरु

\"\"मुस्ताङ, ३० मंसिर । पोखरा–बेनी–जोमसोम सडकमा सिधा जिप सेवा सुरु भएको छ । साढे नौ करोड रुपैयाँको लगानीमा स्थापित मुक्तिनाथ दर्शन यातायात प्रालिले बुधबारदेखि जोमसोमदेखि पोखरासम्म सिधा जिपसेवा सुरु गरेको हो । जिप सेवाको पूर्वसांसद चन्द्रबहादुर गुरुङ र सिप्रदी टे«डर्सका महाप्रबन्धक प्रवीण खतिवडाले उद्घाटन गरे । पहिलो दिन जोमसोमबाट पोखराका लागि दुई र पोखराबाट जोमसोमका लागि पाँचवटा टाटा सुमो जिप छुटेका थिए । यात्रुको चाप र मागसँगै स्तरीय सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको मुक्तिनाथ दर्शन यातायात प्रालिका अध्यक्ष महेन्द्र थकालीले बताए । २७ वटा जिपबाट सेवा सुरु गरेको कम्पनीले जिप सङ्ख्या ४० वटा पु¥याउने जनाएको छ । एउटा जिपमा चालकसहित नौजनाको क्षमता रहेको छ । पोखरादेखि जोमसोमसम्म प्रतिव्यक्ति रु एकहजार ६ सय ९० भाडादर तोकिएको अध्यक्ष थकालीले बताए । पोखरा—बेनी —जोमसोम सडकमा सिधा जिप सञ्चालन भएपछि मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । छिटो गन्तव्यमा पुग्न र सुविधाका लागि जिप सेवा प्रभावकारी भएको यात्रुले बताएका छन् । यसअघि म्याग्दी, मुस्ताङ र पोखराका यातायात व्यवसायीले पोखरा—जोमसोम रुटमा सिधा माइक्रोबस सेवा दिँदै आएका थिए । सिधा चल्ने बसको सङ्ख्या कम हुने र बीचबीचमा गाडी परिवर्तन गर्नुपर्ने समस्याका कारण यात्रुलाई सास्ती भएको थियो । असोज, कात्तिक र चैत, बैशाखको याममा पोखरा–बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणले गाडी नपाउने समस्या थियो । दुई वर्षअघि सम्म स्थानीय यातायात व्यवसायीको मात्र गाडी चढ्नुपर्ने बाध्यता रहेको यो सडकमा पछिल्लो समय पर्यटक, निजी र अन्य ठाउँबाट आउने सार्वजनिक सवारीसाधनको आवतजावत सहज बन्दै गएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending