Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

छोटकीरामनगरमा अन्तर्राष्ट्रिय कुस्ती सुरु

\"\"भैरहवा, २७ मंसिर । लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्धेश्यले रुपन्देहीको छोटकीरामनगर गाविस वडा नं. ६ स्थित मझौली चौराहमा अन्तर्राष्ट्रिय स्तरको विराट दंगल कुस्ती प्रतियोगिता तथा भोजपुरी विरहा कार्यक्रम आज सोमबारबाट सुरु भएको छ । स्थानीय वजंरग समितिको आयोजनामा सुरु भएको खेलको आज एक कार्यक्रमकाबीच सांसद अब्दुल रज्जाकले उद्घाटन गरे । उनले कुस्तीलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न सरकारलाई आग्रह समेत गरेका थिए । तराई–मधेशको पहिचान सहित जोडिएर रहेको कुस्ती खेलको व्यवस्थापन गर्न सरकार समेत उदासिन रहेको भन्दै सांसद रज्जाकले आफूले सक्दो पहल गर्ने बताए । आज भएको खेलमा भारतीय पहलमानहरुलाई पछि पार्दै नेपाली पहलमानहरुले बर्चस्व जमाएको खेल संरक्षण समितिका संरक्षक देवेन्द्र पाण्डे सागरले बताए । खेलमा नेपाल, भारत लगायत बांग्लादेश र पाकिस्तानका पहलमानहरुको सहभागिता रहेको बजंरग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए । प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहं सहित २२६ जना पहलमानहरु भिड्ने उनले बताए । खेल बुधबारसम्म संचालन हुनेछ । प्रतियोगिताको बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय रुपैयाँ, द्वितीय पुरस्कार एलसिडी टि.भी., तृतीय पुरस्कार साइकल तथा ५ हजार नगद तथा सान्त्वना पुरस्कार टी–सर्ट लगायतका अन्य पुरस्कार राखिएको आयोजकको भनाई छ । कुस्ती खेलको साथै स्थानीय लोक संस्कृतिको जर्गेना गर्ने उद्वेश्यले भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको बंजरग समितिका जगदीश सहानीले बताए । बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने सहानीले बताए । कार्यक्रममा १२ लाख अनुमानित खर्च हुने र सम्पूर्ण खर्च रकम स्थानीयहरुको पहलमा उठाइएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending