Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

[caption id=\"attachment_77078\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] पर्वत, २६ मंसिर। पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित बनेको हो । आयोजनाको धाइरिङ खण्डअन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुने भन्दै प्रभावित बासिन्दा विरोधमा उत्रिएका हुन् । आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने धाइरिङको वडा नं २, ३ र ४ का स्थानीयवासीले बस्ती नजिकको खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै विरोध गर्दै काम गर्न रोक लगाएका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्भेलाई परिवर्तन गरी फाँटबाट लैजान खोज्दा स्थानीयवासी चर्को विरोध उत्रिएका हुन् । फाँटबाट प्रसारण लाइन विस्तार गर्दा खेतीयोग्य जमिनमा असर पु¥याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीले आयोजनासमक्ष माग गरेका छन् । दुई सातादेखि खेतीयोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निर्णय गर्र्दै काम गर्न अवरोध गर्दै आएको सङ्घर्ष समितिका संयोजक टुङ्गनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन रुपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उनले बताए । आयोजनाले सल्यानको फाँटमा तीनवटा एङ्गल टावर बनाउन लागेको हो । टावरसँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद बिक्री गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए । आयोजनाका कर्मचारी र स्थानीयवासीको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरबहादुर केसीले जानकारी दिए । आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीको मागलाई आयोजनाले गम्भीर रुपमा लिएको बताए । उनले प्रसारण लाइनबाट प्रभावित स्थानीयवासीलाई नियमानुसार मुआब्जा दिने र राष्ट्रिय गौरवको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्नेमा जोड दिए । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ४० किमी लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि दुई अर्ब ६० करोड रूपैयाँ खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो । आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending